काठमाण्डौ । रेन्समवेयर भाइरसको हमलाबाट विश्वका कयौं देश उठ्ने कोशिश गरिरहेका छन् । यहीबेला अर्को एक नयाँ भाइरसले विश्वभरका कम्प्युटरहरुलाई निशाना बनाउन सुरु गरिदिएको छ । मिडिया रिपोर्टहरुका अनुसार यो भाइरस यति खतरनाक छ कि, तपाईलाई थाहै नदिई तपाईको वेब ब्राउजरमा आक्रमण गर्छ र तपाईको संवेदनशील डाटा चोर्छ । ब्राउजरलाई निशाना बनाउने फायरबल नामको यो भाइरसबाट बच्नका लागि विश्वका विभिन्न मुलुुकले हाइ एलर्ट जारी गरे पनि यो बिषयमा नेपाल बेखबर छ । 

रिपोर्टका अनुसार फायरबल नामको यो भाइरस विश्वभरि फैलिरहेको छ । यसले जोसुकैको कम्प्युटरमा कुनै पूर्व संकेत नै नदिई हमला गरिदिन्छ । संवेदनशील डाटा चोर्नुको साथै यसले सर्फिंग गतिविधिलाई समेत प्रभावित तुल्याउँछ । यो भाइरसको सबैभन्दा खतरनाक पक्ष नै यसको आक्रमणको जानकारी नै हुँदैन, ब्राउजरलाई कब्जामा लिएर तपाईले थाहै नपाई तपाईको डाटा चोर्छ । 

विज्ञहरुका अनुसार यसले ब्राउजरलाई प्रभावित गरी प्रयोगकर्ताको सबै सूचना लिनसक्छ । यसले वेब टाफिकलाई म्यानुुपुलेट गरेर एड रेभेन्यूू जेनेरेट गर्नसक्छ । यति मात्र होइन, यसले तपाईको कम्प्युटरमा अर्को कुनै भाइरस हालिदिने क्षमता पनि राख्छ । जुन कम्प्युटर केही कमजोर छ, त्यसमा यसले मलिशियस कोडलाई एक्टिभ गरिदिनसक्छ । 

यसरी बचौं
यो भाइरसलाई डिटेक्ट गर्न निकै सजिलो छ । यसलाई हटाउनका लागि तपाईको कम्प्युटरमा एन्टीभाइरस अवश्य राख्नुहोला । सबै प्रयोगकर्ताले एन्टी भाइरस इन्स्टल गर्नुको विकल्प छैन । यदि पहिलाबाट नै इन्स्टल छ भने त्यसलाई अपडेट गरिरहनुुहोस् । ताकि, फायरबल भाइरसबाट बच्न सकियोस् । 

सुरक्षित रहनका लागि कुनै पनि पपअप, ब्यानर्स एड तथा यस्तै एड नोटिफिकेसनमा क्लिक नगर्नुहोस् । विश्वास नलाग्ने वेबसाइटमा जाने भूूल पनि नगर्नुहोस् । कुनै पनि यस्तो इमेलबाट केही कुरा पनि डाउनलोड नगर्नुहोस्, जुन इमेल कुनै अविश्वासिलो ठाउँबाट आएको होस् ।