काठमाण्डौ । भारतको सबैभन्दा ठूलो कार कम्पनी मारुती सुजुकीले यो वर्षभित्र अटो उद्योगमै धमाका मच्चाउने तयारी गरेको छ । कम्पनीले निकट भविष्यमै भारतमा हुने अटो एक्स्पोमा केही धमाकेदार मोडल र फ्यूचर कन्सेप्ट समेत प्रस्तुत गर्दैछ, जसले अटो क्षेत्रमै हलचल मच्चाइदिनसक्ने दाबी गरिएको छ । 

अटो एक्स्पो आगामी ९ देखि ११ फेब्रुअरीमा भारतमा आयोजना हुँदैछ । भारतमा मात्र नभई नेपालमा समेत मारुती सुजुकीका उत्पादनहरुले बजार पिटेको छ । कारप्रेमीहरुको रोजाईमा यही कम्पनीका कारहरुको विभिन्न मोडलहरु पर्ने गरेका छन् । यसको अर्थ भारतमा पेश हुने नयाँ मोडलले नेपाली बजार समेत प्रभावित हुनेछ । 

उपभोक्ताहरुले मारुती सुजुकीका यस्ता नयाँ मोडल देख्न पाउने छन्, जसका लागि लामो समयदेखि व्यग्र प्रतिक्षा गरिएको छ । यीमध्ये एउटा मोडल हो, न्यू मारुती सुजुकी स्वीफ्ट । यो कार अन्य देशमा भने पेश भइसकेको छ, तर भारत र त्यहाँबाट गाडी निर्यात हुने नेपाल जस्ता देशहरुमा अझै यो कारको व्यग्र प्रतिक्षामा कारप्रेमी रहेका छन् । 

मारुतीले सुजुकी स्वीफ्टको साथमा स्वीफ्टको स्पोर्टस भेरिएन्ट पनि बजारमा ल्याउने जमर्को गरिरहेको समाचारमा जनाइएको छ । स्वीफ्टलाई ५ स्पीड म्यानुअल गियरबक्सको साथमा १.२ लिटर पेट्रोल तथा १.३ लिटर टर्बोचाज्र्ड डिजलका साथ पेश गर्न सकिने बताइएको छ । मारुतीले पेट्रोल र डिजेल दुवै मोडलमा स्वीफ्टलाई बजारमा उतार्न खोजिरहेको छ । 

अर्टिगा फेसलिफ्ट

मारुती सुजुकीको अर्टिगाको टेस्टिङ केही समयदेखि भारतमा चलिरहेको थियो र अब यसको प्रोडक्सन भर्जनको टेस्टिङ पनि सुरु भइसकेको छ । अटो एक्स्पो २०१८ मा यो कारलाई समेत प्रस्तुत गरिने बताइएको छ । नयाँ अर्टिगालाई विशेष टेक्नोलोजीको आधारमा बनाइएको छ । अर्टिगा फेसलिफ्ट निकै विशेष मोडलको रुपमा आउन लागेको समेत बताइएको छ । 

कन्सेप्ट फ्यूचर एस


मारुती सुजुकीले यसअघि नै घोषणा गरिसकेको छ कि उसले अटो एक्स्पो २०१८ मा अल न्यू डिजाइन  कन्सेप्टलाई वल्र्ड प्रिमियर गर्नेछ, ताकि सानो एसयूभी सेगमेन्टमा भारत तथा आसपासका देशको उपभोक्ताको रुचिलाई प्रष्ट्याउन सकियोस् । यस अलावा कम्पनीले आफ्नो कन्सेप्ट फ्यूचर एसको टीजर समेत जारी गरेको छ । यो एक हिसाबले कम्पनीको साना कारका लागि नयाँ ग्लोबल प्लेटफर्म हुनेछ ।

मारुती सियाज फेसलिफ्ट


मारुती सुजुकीले आफ्नो सी सेगमेन्ट सेडान सियाजलाई केही अपडेटको साथमा अटो एक्स्पो २०१८ पेश गर्न सक्ने मानिएको छ । यो कारको परिवर्तित ग्रिल, बम्पर तथा टेल ल्याम्पको साथमा टेस्ट गर्दै गरेको केही समयअघि देखिएको थियो । तर, यसको इञ्जिन र ट्रान्समिसनमा भने कुनै पनि परिवर्तन हुने छैन ।