काठमाण्डौ । नेपालको अटोमोवाइल मार्केटको भारतसँग सिधा सम्बन्ध छ । यहीकारण भारतमा भइरहने अटो गतिविधिको प्रत्यक्ष प्रभाव नेपालमा समेत पर्छ । पछिल्लो समय भारतीय अटोबजारमा ग्राहकको छनौट तीव्र रुपमा परिवर्तन भइरहेको छ, नेपालमा समेत अवस्था उस्तै छ । केही कारहरुको डिमाण्ड केही वर्षअघि जति थियो, अब त्यसमा भारी गिरावट आइरहेको एजेन्सीहरुले जनाएका छन् । सन् २०१६ देखि ०१७ मा मारुती, हुण्डाई, होण्डा, राइनो, फोर्डले यसअघि नै आफ्नो पोर्टफोलियोलाई परिवर्तन गर्दै आएका छन् । यही क्रममा प्रिमियम ह्याचब्याकदेखि कम्प्याक्ट एसयूूवीलाई सामेल गरिसकेका छन् । यो वर्ष यस्तो परिवर्तन टाटा मोटर्स र महिन्द्राको उत्पादनहरुमा पनि देख्न थालिएको छ । 

यो क्रममा कम्पनीहरुले केही मोडलहरुको उत्पादन पूर्ण रुपमा बन्द गरी आफ्नो रणनीति बदल्नसक्ने प्रवल संभावना छ । हामी यहाँ यस्ता मोडलहरुको कुरा गरिरहेका छौ, जुन मोडलको २०१८ भित्रै उत्पादन तथा बिक्रीवितरण बन्द हुनसक्छ । भारतमा यसको उत्पादन र बिक्रीवितरण बन्द हुनुु भनेको नेपालमा पनि हुुनुु हो, किनभने नेपाल आफैंले कारहरु उत्पादन गर्दैन । 

भारतीय न्यूज एजेन्सीहरुका अनुसार केही मोडल यस्ता छन्, जसको बिक्रीमा पछिल्लो समय कुनै सुधार भएको छैन, बरु उल्टो भारी गिरावट आइरहेको छ । यस्तो अवस्थामा अटो उद्योगहरुले यी मोडलहरुको उत्पादन बन्द गर्नु नै श्रेयस्कर विकल्प देखिरहेका छन् । बिक्रीमा गिरावट आउने यस्ता मोडलहरुबाट कम्पनीले राम्रो रिटर्न समेत पाइरहेका छैनन् । 

महिन्द्राको नूभोस्पोर्ट


महिन्द्राले आफ्नो क्वान्टो कारमा केही परिवर्तन गर्दै र नयाँ फिचर्स थपी रिब्राण्डिंग गर्दै नूूभोस्पोर्ट पेश गरेको थियो । तर, भारतीय र नेपाली बजारमा यो कारले खासै बजार जमाउन सकेन । ६ महिनाको अन्तरालमै यो कार लगभग असफल भयो, कारण यो क्रममा यो मोडलका कारको पूरा भारतभर २५० वटा मात्र बिक्री भयो । यस्तै, २०१८ को जनवरीमा पूरा भारतभर यो मोडलको कार जम्मा एउटा मात्र बिक्री भयो, नेपालमा त यसले खासै बजार जमाउनै सकेन । त्यसकारण यो वर्ष महिन्द्राको नूभोस्पोर्ट बन्द हुनसक्छ । तपाईले झुक्किएर पनि यो कार नकिन्नुु राम्रो हुन्छ । 

टाटा इण्डिका

टाटा मोटर्सको तर्फबाट टिआगो लञ्च गरिएपछि इण्डिकाको यात्रा अन्ततर्फ उन्मुुख रहेको अटोविज्ञहरुले दाबी गरिरहेका छन् । यस्तै टाटा मोटर्सको पूरा फोकस नयाँ मोडलमा रहेको छ । यहीकारण समेत टाटा इण्डिकाको यात्रा सन् २०१८ मै अन्त हुनसक्छ । टाटा मोटर्सले इण्डिका र भिस्टा लगायतका कार भारत र नेपालमा गरी २०१८ जनवरीमा २१४ युनिट मात्र बिक्री गर्न सक्यो । यसको अर्थ यी मोडेलबाट पनि टाटालाई फाइदा भएको छैन, अब उसका अगाडि यो मोडलको उत्पादन नै बन्द गर्नुको विकल्प अन्य देखिएको छैन । 

महिन्द्राको भेरिटो डिजेल


सन् २०१७ को तेश्रो र चौथो त्रैमासमा महिन्द्रा भेरिटोको कुल बिक्री ३०० युनिटमै मात्र सीमित रह्यो । किनभने पछिल्लो समय महिन्द्राको इलेक्टिक भेइकल सेग्मेन्ट सबैभन्दा अगाडि छ । यहीकारण सन् २०१८ मा भेरिटोको इलेक्टिक भर्जन मात्र बाँकी रहने र डिजल कारको उत्पादन भने बन्द हुने ठानिएको छ । 

टाटाको बोल्ट


टाटा बोल्टको अवस्था टियागो र टिगोर लञ्च भएपछि बिग्रिदै गएको छ । किनभने यो टियागो र टिगोर समान मूल्यको कार हो । बोल्टको औसत बिक्री केवल २०० युनिट रहेको छ भने कम्पनीको तर्फबाट समेत यो कारलाई कुनै पनि खालको प्रोमोसनमा सामेल गरिएको छैन । यहीकारण सन् २०१८ मा यो कारको  यात्रा समेत अन्त हुनसक्छ । 

महिन्द्रा जाइलो


महिन्द्राले मल्टी पर्पस भेइकल जाइलोलाई सन् २००९ मा बजारमा उतारेको थियो । त्यसबेला यो कारले निकै ठूलो सफलता प्राप्त गरेको थियो । तर, केही पछिदेखि नै सीमित अपडेट, पुरानो २.५ लिटर इञ्जिन र ग्राहकको परिवर्तित छनौटका कारण जाइलोको बिक्री गिरावट भइरहेको छ । २०१८ को जनवरीमा जाइलोको ६७७ युनिट बिक्री भएको छ, जुन गत चार महिनाकै उच्च हो । यही वर्ष जाइलोको उत्पादन बन्द गरी महिन्द्राले टीयूवी ५०० को नयाँ मोडल लञ्च गर्न सक्छ ।

टाटा इण्डिगो


टाटा टिगोर र टाटा जेस्ट आएपछि टाटा इण्डिगोको यात्रा अन्त हुँदै गएको अनुुभव गर्न थालिएको छ । टाटा मोटर्सको पूरा फोकस नयाँ मोडलमा केन्द्रीत छ र कम्पनीले तीव्र गतिमा आफ्नो पोजिसनलाई परिवर्तन गरिरहेको छ । मानिसहरु समेत बढी नै स्टाइलिस र शक्तिशाली कार खरीद गर्न चाहन्छन् । यस्तो छनौटमा इण्डिगो कतै पनि फिट हुँदैन ।