काठमाण्डौ । सरकारले यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा पनि नगर्ने भएको छ।

यो परीक्षा वैशाख २१ गतेबाट गर्ने तय भएको थियो। तर विश्व महामारी कोरोनाभाइरसका कारण परीक्षा हुन सकेन। अब आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिइने तयारी सुरु गरिएको छ। 

विद्यार्थीहरुको आन्तरिम मूल्यांकन कसरी गर्ने भनेर कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ। कार्यविधि नुसार सम्बन्धित कलेजहरुले विद्यार्थीलाई अंक प्रदान गर्नेछन्।

यसअघि कोरोना जोखिमकै कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि नगर्ने निर्णय भएको थियो। विद्यालयहरुले यही असार २० गतेसम्म विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा नम्बर तयार गरी सम्बन्धित स्थानीय तहहरुमा पठाइसकेका छन्। अब स्थानीय तहहरु ती नम्बरहरु यही महिनाभित्र बोर्डमा पठाउनेछन्।