काठमाण्डौ । अघिल्लो साताको तुलनामा यो साता सुन तोलामा १ हजार ४०० रुपैयाँले घटेको छ ।

गत साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ प्रतितोला छापावाल ७२ हजार रुपैयाँ र तेजाबी सुन ७१ हजार ७०० रुपैयाँ थियो। यो साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ प्रतितोला छापावाल ७० हजार ६०० रुपैयाँ र तेजाबी ७० हजार रुपैयाँमा झरेको छ ।

समग्रमा यो साता सुनको भाउ एक कारोबार दिनबाहेक अन्य दिन घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार पनि सुन तोलामा २०० रुपैयाँले घटेर प्रतितोला छापावाल ७० हजार ६०० रुपैयाँ र तेजाबी ७० हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

यसअघि बिहीबार सुन तोलामा रु २०० ले घटेर प्रतितोला छापावाल सुन ७० हजार ८०० रुपैयाँ र तेजाबी सुन ७० हजार ५०० रुपैयाँ कायम भएको थियो । यो साता कारोबारको चौथो दिन बुधबार सुनको स्थिर रह्यो ।

कारोबारको तेस्रो दिन मंगलबार भने एकैदिन तोला रु ७०० ले घटेर छापावाल सुन रु ७१ हजार र तेजाबी सुन रु ७० हजार ७०० रुपैयाँ कायम भएको थियो ।

कारोबारको दोस्रो दिन सोमबार पनि तोलामा रु २०० ले बढेर प्रतितोला छापावाल रु ७१ हजार ७०० र तेजाबी रु ७१ हजार ४०० मा कारोबार भएको थियो ।

त्यस्तै यो साता कारोबारको पहिलो दिन रु ५०० ले घटेर आइतबार सुनको भाउ प्रतितोला छापावाल रु ७१ हजार ५०० र तेजाबी रु ७१ हजार २०० कायम भएको थियो ।