काठमाण्डौ । महंगीले दिनप्रतिदिन आकाश छुन खोजिरहेको छ । पेट्रोल, डिजेलसँगै सागसब्जी तथा खाद्यान्न मूल्य समेत दिनप्रतिदिन बढिरहेको छ ।

यस्तो अवस्थामा मानिसलाई दैनिक घरव्यवहार चलाउन समेत हम्मे–हम्मे परिरहेको छ । यदि सब्जी तथा फलफूलको कुरा गर्ने हो भने आलुप्याज तथा टमाटरको मूल्यले मानिसको खल्ती रित्याइरहेको छ । तर, आज तपाईलाई हामी यस्तो चिजको बिषयमा बताउन गइरहेका छौ, जसको मूल्य सुनेर तपाईको होस उड्न सक्छ र बाँकी सबै चिजको मूल्य निकै कम लाग्न सक्छ । 

त्यो वस्तु एक सब्जी हो । यो सब्जीको मूल्य होस उडाउने खालको भए पनि यसको विश्वका धनी देशहरुमा निकै ठूलो माग रहेको छ । हो, यो सब्जीको मूल्य १००० यूरो रहेको छ । यो सब्जीको नाम हाफ सूट्स हो । ब्रिटेन, जर्मनी समेत कैयन युरोपियन देशहरुमा यो सब्जीको खेती हुन्छ । 

यसको रुपमा कुनै बिरुवाको जस्तै देखिन्छ । यो सब्जीलाई काट्ने समयमा निकै ध्यान दिनुपर्छ, ताकि सही समयमा सही ढंगले काट्न सकियोस् । यो बिरुवालाई समयमै काटिएन भने यसको मोटाई बढ्न सक्छ । काटेलगत्तै यसलाई खाइन्न । यो सब्जीमा फूल समेत हुन्छ, जुन खानलाई निकै चखिलो हुन्छ र यसको डाँठको सब्जी बनाएर खाइन्छ । यसको सब्जीसँगै मानिसले अचार समेत बनाएर खान्छन । यो सब्जीको रंग बैगुनी हुन्छ । यो सब्जी लगाउन थोरै घाम तथा थोरै छायाँ हुने जग्गा उपयुक्त हुने एजेन्सीहरुले जनाएका छन् । यो सब्जीको एक दिनमै ६ इञ्चसम्म बढ्नसक्ने विचित्रको विशेषता रहेको छ । 

भारतको हिमाञ्चल प्रदेशमा समेत हाप शूट्सजस्तै एक सब्जी उत्पादन गरिन्छ । यो सब्जी समेत भारतभन्दा बाहिर प्रतिकेजी भारु ४० हजारसम्म बिक्री हुने गर्दछ । यो सब्जीको नाम चाहि गुच्छी हो ।

यसको चाहि वैज्ञानिक नाम मार्कुला एस्क्यूपलेटा हो । यसलाई स्पञ्ज मसरुमको नामबाट समेत चिनिन्छ । यसमा भिटामिन बी, डी, सी तथा केको प्रचूर मात्रा पाइन्छ । दुर्लभ औषधीय गुणले भरिपूर्ण गुच्छीलाई जाडोको समयमा उत्पादन गरिन्छ । 

गुच्छी फेब्रुअरीदेखि अप्रलीको बीचमा उत्पादन हुन्छ । यो यति दुर्लभ छ कि ठूला ठूला रेष्टुरेन्टले समेत तुरुन्तै खरीद गर्छन् । यो सब्जीको माग भारतदेखि बाहिर समेत निकै रहेको छ । अग्लो पहाडमा रहने मानिसहरु गुच्छी भेला गर्छन् र उनीहरुबाट चाहि ठूला रेष्टुरेन्ट तथा कम्पनीले १५ हजार भारु प्रतिकेजीको हिसाबले गुच्छी खरीद गर्ने गर्छन् ।