एजेन्सी । चीनको मकाऊमा बन्दै गरेको एउटा होटल संसारकै सबैभन्दा महंगो र सुविधाजनक होटलको रुपमा दर्ज भएको छ । त्ज्भ् १३ नामको होटललाई अहिलेसम्ममा संसारकै सबैभन्दा महंगो होटल भनेर दाबी गरिएको छ । 

मिडिया रिपोर्टका अनुसार यो होटेलका प्रति कोठाको निर्माणमा मात्र ७.३ हजार करोड भन्दा बढी नेपाली रुपैयाँ खर्च भएको छ । पूरा होटेलको निर्माण लागत १ अर्ब ७ करोड अमेरिकन डलर रहेको छ । 

२३ तलाको यो होटलमा ६ वटा अलग–अलग रेष्टुराँ र बारको व्यवस्था गरिएको छ । यसलाई पारम्परिक र आधुनिक लुक्स दिने कोशिश गरिएको छ । होटलका कोठाहरुको भित्ता समेत विशेष ढंगले बनाइएको छ । कोठा र बाथरुमको छतलाई विशेष खालको सुनौलो रंगले सजाइएको छ । मैनबत्तीको मधूर प्रकाशमा यी कोठाहरुको लुक रोयल देखिन्छ । 

काँचको विशेष प्रयोगबाट बनाइएको बाथरुम र निकै आकर्षक इटालियन मार्बल लगाएर बनाइएको शयनकक्षका कारण होटल थप आकर्षक बनेको छ । यो होटलका हरेक शयन कक्षलाई विशेष डिजाइन गरिएको छ । 

यो होटलमा २ सय भन्दा बढी ठूला सूइट भिल्ला रहेका छन् । यसको क्षेत्रफल २ देखि  ३० हजार वर्गफिटको बीचमा रहेको छ । यसलाई आकर्षक बनाउनका लागि विशेष खालको आर्टवर्क प्रयोग गरिएको छ । लिविङ रुम, बाथरुम, बेडरुमलाई समेत विशेष ढंगले बनाइएको छ । यी सबै कोठा सजाउन कस्टमाइज क्रोम फिचर सिरिजको प्रयोग गरिएको छ ।


 
बाथरुम समेत विशेष ढंगले बनाइएको छ । एकैपटक ६ देखि ८ जनासम्मले बाथरुममा गएर शानदार ढंगले नुहाउन सक्छन । बाथरुममा लगाइएको काँचको पर्खालमा विशेष किसिमको आर्ट गरिएको छ । बाथरुमको पूरा क्षेत्रफलमा सिंगमरमरको प्रयोग गरिएको छ । 

होटलको बेडरुम र बारलाई रोयल शैलीमा सजाइएको छ । बीचको कोठामा एक किंग साइजको बेड लगाइएको छ । हरेक भिल्लामा पूरा समयको बोटलर सर्भिस राखिएको छ । यसको अलावा यो क्षेत्रमा प्राइभेट लक्जरी सपिङ क्षेत्र समेत बनाइएको छ ।

होटलमा आउने जुनसुकै पाहुना होटलको लवीबाटै त्यहाँको २ सय भिल्ला क्षेत्रमा प्रवेश गर्नसक्ने व्यवस्था मिलाइएको छ ।