काठमाण्डौ । संसरमा सबैभन्दा महँगो धातुको कुरा हुँदा सबैभन्दा पहिला हाम्रो दिमागमा सुन, चाँदी र हीराको नाम पहिला आउँछ । तर यी संसारकै महँगा धातु भने होइनन् ।

संसारमा यस्तो धातु पनि छ जुन निकै महँगो छ । सायद मानिसले यो धातुको नाम पनि सुनेका छैनन् होला ।

संसारकै महँगो धातु हो एन्टीम्याटर । एन्टीम्याटर १ ग्रामको ६.२५ लाख करोड डलर पर्छ । अर्थात नेपाल मूल्य ६९४.२८ लाख करोड रुपैयाँ ।

वैज्ञानिकका अनुसार एन्टीम्याटर विशेषतः एउटा पदार्थ नै हो । तर त्यसको एटमभित्र हरेक चिज उल्टो हुन्छ । एटममा सामान्यतया पोजेटिभि चार्जवाला न्युक्लियर्स र नेगेटिभ चार्जवाला इलेक्ट्रोन्स हुन्छन्। तर एन्टीम्याटर एटममा नेगेटिभ चार्जवाला न्युक्लियर्स र पोजेटिभ चार्जवाला इलेक्ट्रोन्स हुन्छन् । यो एक किसिमको इन्धन पनि हो । जुन अन्तरिक्षयान र विमानमा प्रयोग गरिन्छ ।

वैज्ञानिकहरुको मत छ कि सैद्धान्तिक रुपमा करिब आधा किलो एन्टीम्याटरमा विश्वकै सबैभन्दा ठूलो हाइड्रोजन बमभन्दा पनि भयंकर विध्वंशक ताकत हुन्छ । तर यसको उपयोगी ऊर्जा प्राप्त गर्न ठूलो धनराशिको आवश्यकता पर्छ ।

नासाका वैज्ञानिकहरुका अनुसार अहिलेको समयमा १ मिलिग्राम एन्टीम्याटर बनाउन ४०० लाख रुपैयाँ खर्च लाग्छ । अनुसन्धानलगायतका कार्यका लागि १ मिलिग्राम निकै धेरै हुन्छ । व्यावसायिक हिसाबमा प्रयोगमा आउने थाले यसको मूल्य निकै खस्कने पनि उनीहरु बताउँछन् ।

एन्टीम्याटर कुनै काल्पनिक तत्व होइन । यो वास्तविकतामै पाइन्छ । यसको खाजे बीसौँ शताब्दीमा भएको थियो । यो अन्तरिक्षमा ससाना टुक्राका रुपमा रहेको छ । जसरी सबै भौतिक वस्तु पदार्थबाट बन्छ र प्रोटोन, इलेक्ट्रोन र न्युटन हुन्छ । त्यसरी नै एन्टीम्याटरमा पनि एन्टी प्रोटोन, पोसिट्रान्सका र एन्टीन्युट्रन हुन्छ ।

एन्टीम्याटर बनाउनका लागि ल्याबमा वैज्ञानिकहरुले यसलाई अन्य पदार्थका साथ मिलाएर थोरै रिफाइन गर्छन् ता कि यसको प्रयोग इन्धनका रुपमा हुन सकोस् । अन्तरिक्षयान र परमाणु हतियार बनाउनका लागि पनि यसको प्रयोग गरिन्छ । रकेट लन्चरमा पनि यो उपयोग गरिन्छ । यसको प्रयोग अस्पताल र रेडियोधर्मी अणुको पोजिट्रान एमिसन टोमोग्रामीका रुपमा मेडिकल इमेजिङमा पनि हुन्छ।

१ ग्राम एन्टीम्याटर बेचेर विश्वका १०० साना देश खरिद गर्न सकिन्छ । १ ग्राम एन्टीम्याटरको मूल्य ६९४.२८ लाख करोड रुपैयाँ पर्छ । नासाका अनुसार एन्टीम्याटर पृथ्वीको सबैभन्दा महँगो वस्तु हो । एन्टीम्याटर जहाँ बन्छ त्यहाँ विश्वकै सबैभन्दा कडा सुरक्षा व्यवस्था गरिएको छ ।

यतिमात्रै होइन नासाजस्तो स्थानमा पनि यसलाई राख्नका लागि एउटा दह्रो सुरक्षा घेरा बनाइएको छ । केही विशेष मानिसबाहेक एन्टीम्याटरसम्म अरुको पहुँच हुन दिइएको छैन ।

एन्टीम्याटर महँगा हुनुको प्रमुख कारण भनेको यसलाई बनाउन प्रयोग गरिने प्रविधि निकै खर्चालु रहेको छ । १ मिलिग्राम एन्टीम्याटर बनाउन ४०० लाख रुपैयाँसम्म लाग्छ । –एजेन्सी