काठमाण्डौ । कुनै कारबाट मेची महाकालीको यात्रा गर्न एकघण्टा पनि लाग्दैन भन्ने कुरा पत्याउनुहुन्छ ? पत्याउन नसकिएला । तर, अमेरिकामा यस्तो कार तयार हुँदैछ, जसले एकघण्टा भन्दा कम अवधिमा मेची महाकालीको यात्रा पूरा गर्नेछ । 

ब्लडहाउण्ड सुपरसोनिक कार आगामी २६ अक्टोबरमा सडकमा उतार्ने तयारी भइरहेको बीबीसीले लेखेको छ । यो कार प्रति घण्टा १६ सय किलोमिटरको गतिमा दौडन सक्ने कारण् निर्माणकर्ताहरुको दाबी छ । 

आगामी वर्ष दक्षिण अफ्रिकामा तीव्र गतिको यसअघिको सबै रेकर्ड तोड्नका लागि पठाउनुुअघि इञ्जिनियरहरुले सबैभन्दा तीव्र गतिको यो कारलाई परीक्षण गर्न चाहन्छन् । 

हालसम्म सर्वाधिक गतिको रेकर्ड प्रतिघण्टा १२२८ किलोमिटरको रहेको छ । ब्लडहाउण्डले पहिलो चरणमा कारको गति १२४७ किलोमिटर प्रतिघण्टा हुने र त्यसपछि १६०९ किमी प्रतिघण्टा हुने दाबी गरेको छ । 

तर, तत्काल न्यूकेको ट्रायलको रफ्तार रेकर्डका लागि हुने छैन । यो यसकारण कि पूर्व वायुुसैनिक अड्डाको रनवेको लम्बाई मात्र २७४४ मिटर रहेको छ, जहाँ यो कारले आफ्नो उच्चतम रफ्तार पक्रन सक्दैन । 

यहाँ जाँचका लागि मात्रै चालक एण्डी ग्रीनले कारलाई प्रतिघण्टा ३२२ किलोमिटरको दरले चलाउनेछन् । जसमा कारको केवल यूरोफाइटर टाइफुन जेट इञ्जिन मात्र प्रयोग हुनेछ । 

आम रुपमा अतिरिक्त शक्ति दिने रकेट मोटर समेत कारमा टायलको क्रममा लगाइएको हुनेछैन, कारण यो पूर्ण तयार हुन अझै निकै धेरै समय छ । 

तर, इञ्जिनियरहरुले टायललाई थप आइडिया आउने तथा अन्य डेटाहरु समेत संकलन गर्ने कोणबाट महत्वपूर्ण भनिरहेका छन् । 

मुख्य इञ्जिनियर मार्क सेपम्यानले भनेका छन्–‘हामी कम्प्युटर डिजाइनबाट अब तयारी कारलाई रनवेमा उतार्दैछौ । यो वर्ष हाम्रो साथमा उभिएका सबैका लागि यो बिषयले राहात दिलाउने अपेक्षा छ ।’ 

उनले यो ट्रायलबाट केही पैसा समेत संकलन गर्ने जुक्ति सोचेका छन्, जसले यसको पूर्ण तयारी सफल बन्न सकोस् । तर, यो कारको ट्रायलमा मिडिया, भीआइपी, प्रायोजक तथा ब्लडहाउण्ड १ क्लबका सदस्यहरुलाई मात्र आउन दिइनेछ । 

तर, यसपछि पर्ने शनिवारको दिन आम सर्वसाधारणका लागि समेत यो कार प्रदर्शनी राखिनेछ । 

यो कारको बडीमा हाइ डेफिनेशन क्यामेरा जडान गरिएको छ । यो ट्रायलपछि कारमा आवश्यक रकेट मोटरको आपूर्ति नर्वेको एयरोस्पेस कम्पनीले गर्ने बताइएको छ । 

२० वर्षअघि समेत अक्टोबरमै एण्डी ग्रीनले थ्रस्ट एसएससी कारबाट तीव्र गतिको अहिलेको रेकर्ड बनाएका थिए ।