काठमाण्डौ । रमजान पर्वको अवसरमा नेपालको नम्बर १ रेमिटान्स कम्पनी आईएमईले कतारस्थित कतार युएई एक्सचेञ्जका निश्चित शाखाहरुमार्फत आईएमईबाट नेपाल पैसा पठाउने सेवाग्राहीहरुलाई घडी उपहारको व्यवस्था गरेको छ । 

योजना अनुसार प्रथम कारोबारमा सेवाग्राहीहरुले एउटा कुपन प्राप्त गर्नेछन् र  त्यही कुपन देखाएर तेस्रो कारोबार गरेमा घडी प्राप्त गर्न सकिनेछ । यो योजना यही मई २८ देखि जुलाई २८ सम्म दुई महिना लागूू हुने कम्पनीले जनाएको छ ।