काठमाण्डौ । विवेकशील साझा पार्टीका संयोजकमध्येका एक रविन्द्र मिश्रलाई ध्वस्त बनाउने गरी एक दमदार पोष्ट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

कांग्रेस कार्यकर्ताबाट सामाजिक सञ्जालमा पोष्ट गरिएको भनिएको भाइरल भएको पोष्टमा रविन्द्र मिश्रको विगत, उनको पार्टीको आर्थिक स्रोत, उनी बीबीसीमा रहँदाको शंकास्पद भूमिका, आर्थिक हिनामिना लगायतका बिषयमा खुलासा गर्न जिएको छ । 

यूट्यूूबमा भाइरल भइरहेको पोष्टमा मिश्रमाथि केही संगीन आरोप समेत लगाइएको छ । मिश्रमाथि कस्ता कस्ता आरोप लगाई प्रश्न उठाइएको छ, हेरौं बुँदागत रुपमा:

१.तपाँइलाई बिबिसीले लण्डनबाट नेपाल किन पठायो ? साँच्चै तपाइँ आफ्नो खुशीले आउनु भएकै हो त ? किन सही कुरा गर्नु हुन्न ? बिविसी नेपाली सेवामा तपाँइले काण्डै काण्ड गर्नु भएछ , बिविसी मिडिया एक्सनको खाताबाट नक्कली हस्ताक्षर गरेर झण्डै एक करोढ रुपैंया निकालिएको कार्की थरको कर्मचारी तपाँयको के नाता पर्छ ?

२. तपाँइका छोरा छोरी कोही रातो बंगला पढ्छन् , कोही अमेरिका पुगे , तपाँइ जनताको दुहाई दिएर थाक्नु हुन्न तर आफ्ना छोराछोरीलाई नेपालकै सरकारी स्कुलमा किन पठाउनु भएन ? अरु नेताका छोराछोरी विदेशमा गए भनेर खुब पड्कििनु हुन्थ्यो , अनि आफ्ना छोराछोरी विदेश पढ्दा किन चुइक्क पनि गर्नु हुन्न ? खोई पारदर्शिता र इमान्दारिता ? तपाँइले भनेको विवेकशील यही हो?

३. तपाँइले जिन्दगीभर कुन संस्थालाई सवल र सक्षम बनाउनु भयो ? सँधै अर्काले दिएको तलव खानु भयो । एउटा कुनै सानो व्यवसाय आफ्नै बलबुतामा गर्नु भयो ? तपाँइ जस्ता गफ छाड्ने नेता पहिले पनि देखियो , तपाँइलाई हामी किन विश्वास गर्ने ? जिन्दगीभर जागिर खाएर हिँडेको मान्छेले देशमा कसरी उद्यमशीलता जगाउँछ ? तपाँइको संगठन गरेर हिँड्ने युवा युवतीलाई उद्यमशील बनाउने ठोस योजना तपाँइसँग के छ ? के सँर्ध इमोसनल नाराले चल्छ जस्तो लाग्छ ?

४. के तपाइँलाई हामी सबै भन्दा कम नराम्रो भनेर भोट दिने ? अरु त कारण केही देखिन्न , गफ मात्रै चर्का छन् , जिन्दगीभर आफ्नो बलबुतामा एक जनालाई राजगारी दिन नसक्नेले केही गर्ला भनेर हामीले कसरी पत्याउने ? अरु पाटीृका नेता पनि गफ त मीठै गर्छन्। देशमा उद्यमशीलताका लागि चाहिने वातावरण मानव स्रोत , पूर्वाधार र पूँिज कहाँबाट ल्याउनु हुन्छ ? कुनै मेसो छ ?

५. तपाँइले हेल्प नेपाल भन्दै ठूला गफ गर्नुभयो , तर सबै भन्दा धेरै हेल्प चाहिने खाडी र मलेशिया बस्ने नेपालीलाई के गर्नु भयो ? बरु तपाँइकी छोरी पढ्ने स्कुल रातो बंगला सित नाम जोडिएको रातो बंगला प्रतिष्ठानलाई हेल्प नेपालको खाताबाट एकमुष्ट रकम दिनु भयो । यसमा तपाँइको निजी स्वार्थ थिएन भनेर पनि हामीले पत्याइदिनु पर्ने ? त्यो सार्वजनिक धन तपाँइको निजी हित र स्वार्थमा प्रयोग भएको थियो, त्यो कुरा कसरी इन्कार गर्नु हुन्छ ?

६ तपाँइ नेपालमा राजनीति गर्छु भन्नु हुन्छ , तर अमेरिका युरोप र अष्ट्रेलिया बस्नेहरुसँग पैसा माग्दै हिँड्नुहुन्छ । विदेशबाट चन्दा संकलन गरेर नेपालमा राजनीति गर्नेले पाए भने दक्षिणतिर बाट आएको पैसा पनि झ्वाम नपार्ला भनेर कसरी पत्याउने ? अनि तपाँइ नेपालको शिक्षा, संस्कृति र सनातन धर्म माथि भइरहेको पश्चिमीकरण र इशाइकरण काबारेमा किन चुप बस्नुहुन्छ नि ?

७.तपाँइले महिला हक अधिकारका लागि के गर्नु भएको छ ? बिबिसी र त्यस बाहिरका महिला सहकर्मीको तपाँइको बारेमा राय के छ ? किन उनीहरुले तपाँइलाई खुलेर समर्थन नगरेका ? जनताबाट लुकेको केही कुरा छ कि ? तपाँइ विरुद्ध भूतपूर्व महिला सहकर्मीहरुले दुव्र्यावाहर गरेको भन्दै बिबिसीमा कति वटा उजुरी पारेका थिए ? र छानविनले दिएको नसियत के थियो ?

८. डाक्टर गोविन्द केसी नेपालमा मेडिकल माफिया विरुद्ध र अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई पदबाट बर्खास्त गर्ने माग गर्दै अनशन बस्ने क्रममा शिथिल भएको बेला पारेर उहाँलाई फकाउँदै भो यो सब छाडिदिनोस् , तपाँइलाई गाह्रो भयो भनि अन्तर्वाता गर्नु हुन्थ्यो तर तपाँइले देशका सारा मिडिया लोकमान विरुद्ध खनिएको बेला किन उनलाई कुनै प्रश्न गर्नु भएन ? किन लोकमान बारेका समाचारहरु बिबिसी नेपाली सेवाबाट ब्याल्क आउन गर्नु भयो ?

९. हालको लोकतान्त्रिक संविधान र गणतन्त्रप्रति तपाँइको समर्थन थिएन , यसमा तपाँइको कुनै लगानी छैन र भित्री प्रतिवद्धता पनि देखिँदैन। धेरै नेपाली पत्रकार र पाठकहरुलाई थाह छ कि तपाँइले त सक्रीय राजतन्त्रको पक्षमा धेरै वटा लेख नेपाल पत्रिकामा छपाउनु भएको कुरा । जुन राजनीतिक पद्धती र संविधान अन्तर्गत अब हामी देश विकास गर्न खोजिरहेका छौं , त्यसमा तपाँइको रत्तिभर समर्थन , विश्वास र लगानी थिएन । तर प्रतिफल लिन त सबै भन्दा अगाडि आउनु भयो नि ?

१०.कमल थापा नेतृत्वको राप्रपाले महामन्त्री पद नदिने भएपछि स्थानीय चुनावको मुखमा दल दर्ता गर्दै म्याद सकिएपछि हतार हतार साझा पार्टी दर्ता गराउनु भएछ , खास कुरा के हो ? नेता हुन चाहने मान्छेले एक सता पर रहेको दल दर्ताको म्याद त ख्याल गर्दैन भने उसलाई हामीले कसरी दूरदर्शी नेता मान्ने ?

११. संघीय सांसदको हातमा अब खासै बजेट हुँदैन । संविधान बनाउने जस्तो जटिल काम भइसक्यो । तपाँयहरु जस्ताले अब त्यहाँ गएर के गर्नु हुन्छ ? संसद विथोल्ने ? छातिमा हात राखेर भन्नोस त ठूला दलका नेतासँग मोलमोलाई गरेर मन्त्री बन्ने रहर पुरा गर्न संसदमा जान खोजेको हो कि होइन ?