काठमाण्डौ । रसुवागढी हाइड्रो पावर कम्पनी र साञ्जेन जलविद्युत आयोजनाको आइपीओ बाँडफाँड भएको छ । 

आइपीओ खरीदका लागि आवेदन दिएका सबैले सेयर पाएका छन् । 

बिहीबार उर्जा मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी उर्जामन्त्री वर्षमान पुनको उपस्थितिमा आइपीओ बाँडफाँड गरिएको हो । 

दुवै कम्पनीको आइपीओ खरीदका लागि परेकामध्ये साढे २२ हजार बढी आवेदन रद्ध भएका छन् । 

प्रक्रिया नपुगेका, सञ्चयकोषका लागि निश्कासन गर्दा समेत सेयर भरेका, दोहोरिएका लगायतका कारण यति ठूलो संख्याका आवेदन रद्ध भएका हुन्। 

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलकाअनुसार रसुवागढीको आइपीओमातीन लाख दुई हजार ४३ आवेदकबाट एक करोड ७१ लाख सात हजार ८४० कित्ता खरीदका लागि आवेदन दिएका थिए । 

आवेदन दिएकामध्ये १० हजार ७७१ आवेदन रद्ध भएका छन् । यसको अर्थ ९ लाख ८७ हजार ३७० कित्ताका लागि परेको आवेदन रद्ध भएको हो । यसरी हेर्दा सदर भएका आवेदनबाट कुल एक करोड ६१ लाख २० हजार ४७० कित्ताका लागि आवेदन परेको देखिएको क्यापिटलले जनाएको छ । 

रसुवागढीमा १० देखि ४० कित्तासम्मका लागि आवेदन दिने सबैले सेयर पाएका छन् । यो आयोजनामा ४० कित्ताभन्दा बढी माग गर्नेमध्ये २५ हजार ६९३ आवेदकले गोला प्रथामार्फत थप १० कित्ताका दरले शेयर पाएका छन् ।

यसरी हेर्दा रसुवागढीको आइपीओमा आवेदन दिएका लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० कित्तासम्म सेयर पाएका छन् ।

यसैगरी, साञ्जेन जलविद्युत कम्पनीको सेयरमा समेत आवेदन दिएकामध्ये ११ हजार ७०० आवेदन रद्ध भएका छन् । रद्ध भएका आवेदनबाट माग भएको ८ लाख ७३ हजार ५१० कित्ता रद्ध भएको बताइएको छ । 

साञ्जेनको आइपीओमा कुल तीन लाख ५९७ आवेदकबाट एक करोड ३८ लाख ६९ हजार ७३० कित्ता खरीदका लागि आवेदन आएका थिए । 

यसरी, सदर भएका दुई लाख ८८ हजार ८९७ आवेदकलाई सेयर बाँडफाँड गरिएको छ । 

यो कम्पनीको आइपीओमा आवेदन दिएका दुई लाख नौ हजार ३ सय २८ आवेदकले थप १० कित्ताका दरले शेयर पाएका छन् । यसरी हेर्दा साञ्जेनमा आवेदन दिनेले न्यूनतम १० देखि  अधिकतम २० कित्तासम्म सेयर पाएका छन् । 

साञ्जेनको रिजल्ट केही समयपछि, रसुवागढीको रिजल्ट हेर्नुहोस: