काठमाण्डौ । चाबहिल चुच्चेपाटीस्थित केएल मोबाइल हबमा जेठ २७ गते सोेमबारदेखि २ सातासम्म मनसुन मोबाइल मेगा अफर चल्ने भएको छ । 

मोबाईल मेला अवधिमा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा पाइनेछ । बिग सेलअन्तरगत ६५० रुपैयाँमा मोबाइल पाइनेछ ।  

मोबाइल मेलामा जुनसुकै ब्राण्डका मोबाइल शून्य प्रतिशत ब्याजदरमा शून्य प्रतिशत डाउन पेमेन्ट तथा ७० प्रतिशतसम्मको छुटमा किन्न सकिन्छ । पुरानो मोबाइलसँग नयाँ मोबाईल साट्ने व्यवस्था पनि मोबाइल हबले मिलाएको छ । 

मोबाइलको ब्राण्ड र मूल््य अनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ताबन्दीमा मोबाईल खरिद गर्न सकिनेछ । 

मेलाअवधिमा मोबाइल खरिद गर्नेले एफक्युब सिनेमाको टिकट निशुल्क पाउने छन् । विभिन्न मोडलका मोबाइलको खरिदमा आर्कषक उपहारको समेत व्यवथा गरिएको छ । 

मोबाइल मेला अवलोकन गर्नेहरुलाई समेत आकर्षक गिफ्ट ह्याम्परका साथै गोलाप्रथाबाट प्रत्येक दिन एउटा मोबाइल बितरण गरिने मोबाइल हबले जनाएको छ । 

केएल मोबाइल हब चाबहिलका साथै दरबारमार्गको मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्ड मोबाइल, सिटिसि मल सुन्धाराको भुई तल्लामा रहेको सिटिसी मोबाइल हबमा पनि यो अफरसहितको मेला लाग्ने बताइएको छ । मेला जेठ २७ देखि सुरु भई असार १५ सम्म चल्नेछ ।