काठमाण्डौ । शनिवार राजधानीमा रोयल इन्फिल्ड हेरिटेज राइड सम्पन्न भएको छ । 

रोयल इन्फिल्ड मोटरसाइकलको नक्सालस्थित नयाँ सोरुमबाट प्रारम्भ भएको हेरिटेज राइडले उपत्यकाका ३ वटा मुख्य सम्पदाहरुको परिक्रमा गरेको छ । रोयल इन्फिल्ड इन्डियाका असिष्टेन्ट सेल्स म्यानेजर अभिषेक शुक्ला र रोयल इन्फिल्ड नेपालका हेड अफ अपरेसन मेघराज पौडेलले हेरिटेज राइडको शुभारम्भ गरेका थिए । 

हेरिटेज राइड दरबारमार्ग, न्यूरोड, रत्नपार्क, त्रिपुरेश्वर, कुपण्डोल, जावलाखेल, पुल्चोक, मंगलबजार, ग्वार्को, रोयल इन्फिल्ड सोरुम बालकुमारी, कोटेश्वर, ठिमी, सल्लाघारी हुँदै भक्तपुर दरबार स्क्वायर पुगेर समापन भएको थियो । 

नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक बितरक एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिको आयोजनामा उक्त हेरिटेज राइड सम्पन्न भएको हो । हेरिटेज राइडमा ७५ जना रोयल इन्फिल्ड राइडर सहभागी थिए, जसमा महिला राइडरको समेत सहभागिता थियो । 

भक्तपुर दरबार स्क्वायरमा पुगेर विविध गतिविधिका साथ हेरिटेज राइड समापन भएको थियो । टु ह्विल टुरिज्म तथा वल्र्ड हेरिटेज साइटको प्रवद्र्धन गरी नेपालमा पर्यटन व्यवसायलाई थप आकर्षक बनाउनु हेरिटेज राइडको मुख्य उद्देश्य रहेको आयोजकले बताएका छन् । 

रोयल इन्फिल्ड एउटा प्रतिष्ठित ‘आइकनिक ब्रान्ड’ मानिन्छ । नेपालमा यसका २१ वटा डिलर र ब्राञ्च छन् । उपत्यकामा ७ वटा आधिकारिक सर्भिस सेन्टर र उपत्यका बाहिर ११ वटा थप डिलरको माग भएको छ । कम्पनीले यसै अनुसार आफ्नो डिलर सञ्जाल विस्तार गर्ने लक्ष्य राखेको रोयल इन्फिल्ड हेड अफ अपरेसन मेघराज पौडेलले जानकारी दिए ।