काठमाण्डौ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको काठमाण्डौको बानेश्वरस्थित खरिबोटमा गोली हानी हत्या भएको छ । 

चालकले चलाएको बा १३ च ४९४८ नम्बरको नम्बरको ल्याण्डक्रुजर प्राडोमा रहेका गौचनमाथि खरिबोटमा मोटरसाइकल रोकिराखेर गौंडा कुरेर दुुई अज्ञात व्यक्तिले गोली प्रहार गरेका हुन् । उनीहरुले पहिला चालकमाथि ढुंगा प्रहार गरेर गाडी रोकी अगाडिको सिसाबाट गौचनमाथि गोली प्रहार गरेका थिए । गाडीको सिसा छेडेर गोलीले गौचनको मुटु छेउका भागमा छेडेको थियो । गम्भीर घाइते गौचनलाई तत्कालै सिभिल अस्पताल पुर्याइएको भए पनि उनलाई चिकित्सकहरुले अपरान्ह ३ः२६ मा मृत घोषित गरे । 

देशकै मुटु राजधानीमा गोली प्रहार गरी हत्याको घटनापछि सर्वसाधारण त्रसित बनेका छन् । 

गौचनमाथि गोली प्रहार गर्ने समूहको खोजीका लागि प्रहरीले राजधानीमा चेकजाँचलाई कडा बनाएको छ । घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रहरी भनाई छ ।