काठमाण्डौ । राप्रपाको महाधिवेशनबाट केन्द्रीय समितिमा पर्ने भएपछि चर्चित लोकगायिका तथा संचारकर्मी कोमल वलीले रेडियो नेपालको जागिर त्यागिदिएकी छिन् । 

उनले सक्रिय राजनीतिमा होमिने निर्णय गर्दै रेडियो नेपालको सरकारी जागिरबाट राजीनामा दिएकी हुन् । 

गएको मंसिर ६ गते काठमाडौंमा भएको कार्यक्रममा राप्रपामा प्रवेश गरेपछि वलीलाई रेडियो नेपाल व्यवस्थापनले स्पष्टीकरण मागेको थियो । उनले स्पष्टीकरण दिनुको साटो राजीनामा दिएकी स्रोतले जनाएको छ।