काठमाण्डौ । निर्वाचन विथोल्ने गरी आन्दोदनको घोषणा गरेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई निर्वाचनमा सहभागी हुन भारतीय पक्षले आग्रह गरेको छ । 

राजपाका नेताहरुलाई भारतीय नेताहरूले व्यक्तिगत रूपमा पनि निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन् भने मंगलबार भारतीय राजदूत मञ्जिव सिंह पुरीले पनि निर्वाचनमा जान आग्रह गरेका छन्। 

राजपाका एक नेताले भने,‘ नेपाली कांग्रेसका नेताहरूले भारतीय पक्षलाई गुहार गरेका छन्। उहाँले हामीलाई निर्वाचनमा सहभागी भइदिन भारतीय पक्षसँग आग्रह गर्नुभएको छ। कांग्रेस सभापतिले भारतीय पक्षसँग कुरा गर्दा  हामीलाई सरकारमा सहभागी भइदिनसमेत आग्रह गर्नुभएको छ।’ यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।