काठमाण्डौ ।  सत्तापक्ष र आन्दोलनरत राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमबीच तीन बुँदे सहमति भएको छ । 

नेपाली कांग्रेस र माओवादी केन्द्रले आन्दोलनमा रहेका राजपा र संघीय समाजवादी फोरमसँग उस्तै बुँदामा छुट्टा–छुट्टै सम्झौता गरेका हुन् । 

सहमतिमा सत्तापक्षमध्ये कांग्रेसको तर्फबाट शेरबहादुर देउवा र माओवादी केन्द्रको तर्फबाट अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका छन् । 

सहमतिको पहिलो बुँदामा प्रचण्ड सरकार गठनका क्रममा भएको सहमति कार्यान्वयन गर्ने, दोश्रो बुँदामा सहिद घोषणा, मुद्दा फिर्ता लगायतका प्रतिवद्धता कार्यान्वयन गर्ने र स्थानीय तहको संख्या राजनीतिक सहमतिका आधारमा बृद्धि गर्ने भन्ने उल्लेख छ । सहमति अनुसार राजपा र फोरमले प्रधानमन्त्री निर्वाचनमा कांग्रेस उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गर्नेछन् ।