काठमाण्डौ । राधी विद्युत कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । 

कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यकसहित ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

हाल यो कम्पनीको चुक्तापूँजी ४५ करोड १० लाख रुपैयाँ रहेको छ । यसैको ५ प्रतिशतको दरले बोनस सेयर र नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

नियामक नेपाल विद्युत नियमन आयोगबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि घोषित लाभांश सेयरधनीले पाउनेछन् ।