काठमाण्डौ । कामना सेवा विकास बैंक लिमीटेडले भक्तपुरको मध्यपुरठिमी नगरपालिकाको वडानम्बर २६ स्थित राधेराधेमा आफ्नो शाखा बिस्तार गरेको छ । 

असार २७ गते एक समारोहका बीच बैंकले आफ्नो ९३ औं शाखा राधे राधेमा स्थापना गरी औपचारिक कारोबारको शुभारम्भ गरेको हो । 

बैंकका संचालक समिति अध्यक्ष सुदीप आचार्य, संचालक तथा नायव महाप्रबन्धक हरिप्रसाद लम्सालले संयुक्त रुपमा कारोबारको औपचारिक थालनी गरेका थिए । 

यो बैंकले व्यवसाय विस्तारका क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने सो अवसरमा जानकारी दिइएको छ ।

काठमाण्डौ ३० को ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको यो बैंकको देशभर ४४ एटीएम पनि रहेका छन् ।