काठमाण्डौ । आम रुपमा प्रत्येक महिना राम्रो कमाई हुने मानिसहरु आर्थिक रुपमा निकै सवल हुन्छन् भन्ने धेरैको सोचाई हुनसक्छ । यस्ता मान्छेहरुले पैसाकै कारण धेरै हैरानी व्यहोर्न नपर्ने समेत धेरैको सोंच हुनसक्छ । तर, वास्तविकता यस्तो हुँदैन । तपाईको राम्रो कमाई छ भने पनि तपाई आफसेआप धनी बन्न सक्नुुहुन्न । आज हामी राम्रो नियमित आम्दानी हुनेहरु समेत किन धनी बन्न सक्दैनन् भन्ने ५ वटा मुख्य कारण बताउन गइरहेका छौ ।

गल्ती नम्बर १
यदि तपाई राम्रो आम्दानी गर्नुहुन्छ र कमाएको सबै पैसा प्रत्येक महिना नै सक्नुुहुन्छ तथा कमाईको न्यूनतम १५ प्रतिशत पनि बचत गर्न सक्नुुहुन्न भने लेखेर राख्नुुहोस्, तपाई कहिल्यै धनी बन्न सक्नुुहुन्न । आज आर्थिक हिसाबले तपाइको अवस्था जस्तो छ, यसको १०–२० वर्षसम्म पनि उस्तै हुनेछ । त्यतिबेलासम्म तपाईसँग कुनै पनि बचत रहनेछैन । 

गल्ती नम्बर २ 
यदि तपाईले बचत गर्नुपर्छ भनेर प्रत्येक महिना बचत पनि गर्नुहुन्छ र बचतमा लगानी गरेको रकम कुनै सामान्य काममै निकाल्नुुहुन्छ भने तपाई कहिल्यै धनी बन्न सक्नुुहुन्न । छोटो–छोटो अवधिमा बचत गरेको रकम निकाल्दा तपाईको लगानी लामो समयसम्म रहन पाउँदैन र त्यसले भनेजस्तो रिटर्न पनि दिंदैन । लामो अवधिको लगानीका लागि ठूलो फण्ड जुटाउन समेत तपाईको यही बानी बाधक बन्नेछ । समग्रमा यो बानीले तपाई धनी बन्न पाउनुुहुन्न । 

गल्ती नम्बर ३
यदि तपाईले गरेको लगानीबाट महंगी दरको तुलनामा कम रिटर्न प्राप्त हुन्छ भने सोच्नुुहोस् तपाई धनी बन्न सक्नुुहुन्न । किनभने महंगी दरभन्दा कम रिटर्न दिने लगानीको कुनै अर्थ हुँदैन । उदाहरणका लागि तपाईको क्षेत्रको औसत महंगीदर ५ प्रतिशत रहेको छ भने तपाईले यस्तो ठाउँमा लगानी गर्नुपर्छ जहाँबाट कमसेकम ८ देखि ९ प्रतिशतसम्म रिटर्न प्राप्त होस् । यस्तो अवस्थामा तपाईको लगानीबाट कम्तीमा पनि ३ देखि ४ प्रतिशतसम्म वास्तविक रिटर्न प्राप्त हुन्छ । अर्थात, तपाईको पैसा महंगीको रफ्तार भन्दा बढी गतिमा कुद्नेछ र लामो अवधिपछि तपाईले लगानीका लागि बचतको साहाराले एउटा राम्रो कोष निर्माण गर्न सक्नुुहुन्छ । 

गल्ती नम्बर ४
यदि तपाई बिलासिताको वस्तुमा धेरै खर्च गर्नुहुन्छ र तपाई यस्ता वस्तुहरुको खरीदका लागि अक्सर कर्जा लिनुुहुन्छ भने यो निकै ठूलो भूल हो । कारण, यस्तो कर्जाबाट कहिल्यै पनि सम्पत्तिको सिर्जना हुँदैन, कारण तपाईले मासिक आम्दानीमध्ये निकै ठूलो हिस्सा मासिक किस्ता(ऋण तिर्न)मै खर्च गर्नुपर्ने हुन्छ । यस्तो भयो भने तपाईले जीवनमा खासै बचत गर्न पाउनुुहुन्न वा सक्नुुहुन्न । जसका कारण नियमित आम्दानी भएर पनि तपाईको धनी बन्ने सपना पूरा हुँदैन । 

गल्तीनम्बर ५
यदि तपाईले आफू र आफ्ना परिवारका सदस्यका लागि स्वास्थ्य बिमाको योजना खरीद गर्नुभएको छैन भने तपाई जुनसुकै बेला अप्ठ्यारोमा पर्न सक्नुुहुन्छ । किनभने यदि तपाई र तपाईको परिवारको कुनै सदस्यलाई निकै ठूलो बिरामले च्याप्यो भने यस्तो अवस्थामा स्वास्थ्य बिमा नहुँदा तपाईको सबै बचत रकम उपचारमा स्वाहा हुनेछ । यस्तो अवस्थामा बचतले समेत नपुुगेर उपचार खर्च जुटाउन तपाईले कर्जा पनि लिनुपर्ने हुनसक्छ । यदि यस्तो भयो भने पूरा जीवनमै तपाईले सायदै राम्रो रकम जम्मा गर्न पाउनुुहुनेछ ।