काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र किस्ट टिचिङ हस्पिटलबीच बैंकका ग्राहकवर्ग, कर्मचारी तथा तिनका आश्रित परिवारलाई हस्पिटलले दिने सेवामा १५ प्रतिशतसम्म छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र हस्पिटलका कार्यकारी अध्यक्ष आशीष थापाले हस्ताक्षर गरेका छन्। सम्झौता भएपश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहकवर्ग, कर्मचारी तथा तिनका आश्रित परिवारले आउटसोर्सबाहेकको हस्पिटल सेवा शुल्कमा १५ प्रतिशत र फारमेसीमा ७ प्रतिशत छुट एक वर्षसम्म पाउने छन् । समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु कविराज अधिकारी, केशबप्रसाद लम्साल, विभागीय प्रमुख पवन रेग्मी, हस्पिटलका पदाधिकारीहरुको उपस्थिति थियो ।

बैंकको हाल सातै प्रदेशका ७७ जिल्लामा २३६ वटा शाखा कार्यालय, २०५ वटा एटिएम, ९३ वटा शाखा रहित बैंकिङ सेवा रहेको छ । चालु आव २०७५/७६ को चौथो त्रैमाससम्म बैंकले १ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४४ अर्व रुपैयाँ कर्जा लगानी गरी ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा कमाएको छ ।