काठमाण्डौ । राष्ट्रिय बिमा कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ६ करोड ६७ लाख मात्रै बिमाशुल्क आर्जन भएको थियो । 

अघिल्लो वर्षको यही अवधिसम्म १ अर्ब ३७ करोडमा सीमित बिमा कोषको आकार बढेर यो वर्ष १ अर्ब ७७ करोडको उचाईमा पुगेको छ । यो हिसाबले बिमाकोषतर्फ कम्पनीले बिमा कोषको आकार २८.७२ प्रतिशतले बढाएको छ ।

अघिल्लो वर्ष यही अवधिसम्म २ अर्ब ९ करोड रहेको रिजर्बको आकार बढेर यो वर्ष २ अर्ब ४९ करोडको उचाईमा पुगेको देखिएको छ । 

समीक्षा अवधिमा यो कम्पनीले  पुनर्बिमा कमिसनबाट४९ करोड ५१ लाख, लगानी, कर्जा तथा अन्यबाट २ करोड ४७ लाख आजृन गरेको छ । 

समीक्षा अवधिमा कम्पनीले २ करोड २५ लाख खूद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा २ करोड १३ लाख मात्र दाबी भुक्तानी गरेको थियो।
 

यो अवधिमा कम्पनीको खूद नाफा ६ करोड १० लाख रहेको छ । अघिल्लो वर्ष ५ करोड ८ लाखमा सीमित थियो । 

समीक्षा अवधिसम्म कम्पनीले ४ हजार ५९३ बिमालेख जारी गरेको छ । अघिल्लो वर्षको भन्दा यो वर्ष बिमालेखको संख्या ५९४ ले बढेको देखिएको छ । 

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ९१.५६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०३४.५३ रुपैयाँ, तरलता अनुपात २.८१, मूल्य आम्दानी अनुपात ३६८.०६ गुणा कायम भएको छ ।