mailरमेशकुमार भट्टराई-सीइओ(महालक्ष्मी लाइफ इन्स्योरेन्स) 

कोरोना भाईरसबाट संसार नै पीडित छ । नेपाल सरकारले पनि संभावित भयावह स्थितिको अनुमान गरी अत्यावश्यकबाहेक सबै सेवाहरु चैत्र ९ देखि २१ गतेसम्म बन्द गरेको छ। 

बीमा कारोबारलाई अत्यावश्यक सेवामा राखेकोले सेवालाई निरन्तरता दिनु र कोरोनाबाट बच्नु पनि जरुरी छ। मानिसको जीवनमा भबिष्यमा आइपर्ने जोखिमकै लागि बीमा गर्नुपर्ने भएकोले यो संकटको घडीमा भागेर कायर हुनुभन्दा सुरक्षित पनि हुनु र बीमा कारोबारको उचित ब्यवस्थापन गर्नु बुद्धिमानी हुन्छ।त्यसका लागि भोलिबाट निम्न उपाय अपनाउन सल्लाह दिन्छु।

१.कार्यालयका कर्मचारी सबैको दैनिक ज्वरो मापन गर्ने, मास्क लगाउन लगाउने, सेनिटाईजर प्रयोग गराउने र प्रत्येक घण्टामा साबुनपानीले हात धुन लगाउने।
२.कार्यालयका कर्मचारीलाई रहेक घण्टामा तातोपानी, चिया, कफी उपलब्ध गराउने।
३.कार्यालयमा भेटन सेवाग्राही र ग्राहक आउँदा भेट्ने एउटा छुट्टै कोठाको ब्यवस्था गर्ने र ३ फिटको दूरी राखी भेटवार्ता गर्ने । अन्य कोठामा जान नदिने ।
४.आउने ग्राहक र सेवाग्राहीलाई गेटमा नै ज्वरो नापी मास्क लगाई सेनिटाईजर लगाएर मात्र गेटभित्र आउन दिने।
५.बिमा कार्यालयमा एकै ठाउँमा ५ जनाभन्दा बढी ग्राहकसँग छलफल वा भेटघाट नगर्ने।
६.शाखा वा क्षेत्रिय कार्यालयमा दैनिक अत्यावश्यक कामका लागि आलोपालो गरी २ जना मात्र दैनिक उपस्थित हुने। सोभन्दा बढीलाई अनिवार्य बिदा बस्न लगाउने।
७.प्रधान कार्यालयमा प्रत्येक विभागमा अधिकृत एकजना र सहायक एकजना गरी दुई जना मात्र उपस्थित गराई दैनिक आइपर्ने सेवा दिने र बाँकीलाई बिदा दिने।
८.कार्यकारी प्रमुख र नायब कार्यकारी प्रमुख पनि आलोपालो गरी आउने र बिदा बस्ने।
९.अनिवार्य बिदा दिंदा सार्वजनिक सवारीमा आउने र टाढा घर भएका कर्मचारीलाई प्राथमिकतामा राखी विदा दिने।
१०.विदा दिंदा सबैलाई पहिले सञ्चित विदाबाट कट्टी हुने गरी, त्यो नहुने स्थायीलाई एड्भान्स विदा दिने र त्यो पनि नहुनेलाई बोर्डबाट पास गरी ५० प्रतिशत मात्र पाउने पेड लिभ दिने।
११.विदा आलोपालो गर्दा कोरोना भाईरसको स्थिति हेरि १/१ दिन ३/३ दिन वा ५/५ दिनको लगातार हुने गरी दिने।

देश र जनता अहिले अन्तराष्ट्रिय संकटबाट गुज्रिरहेका छन्।  उचित ब्यवस्थापन नगर्दा कम्पनी डुब्न सक्छन, तपाईं हाम्रो जागिर जान सक्छ, देश ठूलै संकटमा फस्न सक्छ। यस्तोमा आफू पनि बाँच्ने, अरुलाई पनि बचाउने, कम्पनी पनि बचाउने अनि देशलाई पनि सहज हुने गरी कार्य गर्नुमा नै हामी सबैको भलाई छ।