काठमाण्डौ  । बैंक वित्तीय संस्थाहरुलाई अन्तरबैंक भुक्तानी प्रणालीमा आवद्ध गराउँदै आएको नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले राष्ट्रिय सहकारी बैंक लिमिटेडलाई पनि इनडाइरेक्ट सदस्यको रुपमा अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आबद्ध गराएको छ । 

सो सम्बन्धी सम्झौतापत्रमा आइतबार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र राष्ट्रिय सहकारी बैंक लिमिटेडका तर्पmबाट प्रबन्ध निर्देशक के.बी. उपे्रतीले हस्ताक्षर गरे ।

यस सम्झौताअनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले सहकारी बैंकलाई इनडाइरेक्टको रुपमा अन्तर बैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि अन्तरबैंक भुक्तानी प्रणाली उपलब्ध गराउने छ  भने उक्त सहकारी बैंकबाट प्रविष्ट गराइएका सम्पूर्ण कारोबारहरु बैंक अफ काठमाडौं लुम्बिनी मार्फत राफसाफ हुने व्यवस्था मिलाइएको छ । 

राष्ट्रिय सहकारी बैंक लिमिटेडले अन्तरबैंक भुक्तानी प्रणाली आबद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा खाता भएका सदस्य सहकारी संस्थाहरुबाट सोझै भुक्तानी संकलन तथा भुक्तानीहरु सजिलै गर्न सकिने छन् । यसअघि नगद र चेकबाट हु“दै आएका कारोबारहरु समेत उक्त प्रणालीमार्फत हुने हु“दा कारोबार पारदर्शी हुने, सहजता बढ्ने र जोखिम न्यूनिकरण हुने हु“दा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राष्ट्रिय सहकारी बैंक र सदस्य सहकारी संस्थाहरु लाभान्वित हुने विश्वास लिइएको छ ।

अन्तरबैंक भुक्तानी प्रणालीमा हालसम्म ७३ बैंक तथा वित्तीय संस्थाहरुसंग डाइरेक्ट सदस्यको रुपमा र ५ अन्य कम्पनीसँग इनडाइरेक्ट सदस्यको रुपमा सम्झौता भइसकेको छ । आजको यस सम्झौतापछि नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा ७९ सदस्यहरु आवद्ध भएका छन् । 

ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, फि तथा बिल भुक्तानी, प्रीमियम भुक्तानी, सरकारी भुक्तानी, ट्रेजरी भुक्तानी, तलब भुक्तानी, रेमिटेन्स भुक्तानी, ईन्स्टलमेन्ट भुक्तानी, क्रेडिट कार्डको भुक्तानी जस्ता भुक्तानी दिने तथा लिनेसेवा यस प्रणालीबाट हु“दै आएका छन् ।