काठमाण्डौ । नेपालको एक मात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत र सहायक अनुसन्धान गरी २ पदमा ५५ जना फ्रेस जनशक्ति माग गरेको छ । 

राष्ट्रिय अनुसन्धान विभागले बिहीबार आवश्यकता सम्बन्धी एक सूचना प्रकाशित गर्दै तृतीय श्रेणी सरहको अनुसन्धान अधिकृत पदमा २२ जना र दितीय श्रेणी सरहको अनुसन्धान सहायक पदमा ३३ जना जनशक्ति मागेको हो । 

कुनै पनि विषयमा स्नातक उत्तीर्णले अनुसन्धान अधिकृत पदका लागि र प्रमाणपत्र तह उत्तीर्णले अनुसन्धान सहायक पदमा दरखास्त दिन सक्नेछन् । 

परीक्षाको दरखास्त फारम तथा पाठ्यक्रम नेपाल सरकार गृहमन्त्रालयको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ । भरेको दरखास्त काठमाण्डौस्थित राष्ट्रिय अनुसन्धानको मुख्य कार्यालय, तथा धरान, हेटौडा, पोखरा, वीरेन्द्रनगर, दिपायलमा रहेका क्षेत्रीय कार्यालयहरुमा गएर दर्ता गर्नसकिनेछ । 
बाँकी कुरा यो सूचनामा हेर्नुहोस्: