काठमाण्डौ । ग्लोबल कीटेक्नोलोजी प्रालिको मोबाइल एप्स रिचार्जरले शून्य प्रतिशत ब्याजदरमा जुनसुकै ब्राण्डको मोबाईल किस्ताबन्दीमा उपलब्ध गराउने भएको छ । रिचार्जरको मोबाइल एपमा मात्र यो अफर लागू हुनेछ । 

रिचार्जरले विश्वको सर्वोच्च शिखर सगरमाथापछि अफ्रिाकाको सबैभन्दा अग्लो हिमाल माउन्ट कलिमान्जरोमा आफ्नो झण्डा फहराउन लागेको उपलक्ष्यमा यस्तो अफर सुरु गरेको हो । 

रिचार्जरको लोगो अंकित झण्डा तान्जानियामा रहेको माउन्ट कलिमान्जरोमा अगष्ट ४ तारिखका दिन २३ वर्षीय साहसी युवक नर्बिन मगरले फहराउने भएका छन् । 

मोबाईल र मूल्यअनुसार किस्ताबन्दीको अवधि ६ महिना, १ वर्ष र १८ महिना कायम गरिएको छ । ग्राहकले २० हजार रुपैयाँदेखि माथि जति पनि मूल्यका मोबाईल शून्य प्रतिशत ब्याजदरमा रिचार्जर एपबाट किस्ताबन्दीमा खरिद गर्न सक्छन् ।

योजनामा सीमित ब्राण्डका मोबाइलको खरिदमा शून्य प्रतिशत डाउन पेमेन्टको समेत व्यवस्था गरिएको छ । अरु विभिन्न मोडलका मोबाइलको हकमा ब्राण्ड र मूल्य हेरेर १० देखि ५० प्रतिशतसम्म डाउनपेमेन्ट गरी शून्य प्रतिशत बयाजदरमा मोबाइल खरिद गर्न सकिन्छ । 

ग्राहकले आफ्नो नागरिकता, रोजगारीदाताको प्रमाणपत्र र आम्दानी विवरणको कागजात उपलब्ध गराउनुपर्ने हुन्छ । यो योजना हाललाई काठमाण्डौ उपत्यकाभित्र मात्र संचालन गरिएको कम्पनीले जनाएको छ । 

रिर्चाजर एप्स मार्फत ई सेवा, आईएमईमी पे लगायतका पेमेण्ट गेटवेहरुका साथै बैंकहरुको इन्टरनेट बैंकिङ सेवा, एससीटी, मास्टर र भिसाका डेविट तथाक्रेडिट कार्डबाट पनि रिचार्ज गरी सामान खरीदगर्न सकिन्छ । रिचार्जबाट सिनेमा टिकट तथा हवाई टिकट भारी छुटमा किन्न सकिने कम्पनीको दाबी छ ।