काठमाण्डौ । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै मोबाइल एप रिचार्जरले ‘ट्राई फस्ट बाई लेटर, मन नपरे फिर्ता' योजना ल्याएको छ । जस अन्तर्गत रिचार्जर एपको माध्यमबाट लुगा तथा जुत्ता खरिद गर्ने क्रममा आफूसँग आएको सामान मन नपरे फिर्ता गर्न सकिने रिचार्जरले जनाएको छ । 

'ग्राहकहरुले सामान अर्डर गरेर ट्राई गरेपछि मन नपरेको खण्डमा तत्कालै उक्त सामान फिर्ता गर्नसक्ने छन् । ‘रिचार्जरबाट सामान अर्डर गरेपछि पाएको सामान मन नपरेर फिर्ता गर्दा कुनै किसिमको रकम तिर्नु पर्दैन ।’ रिचार्जरका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले भने ।

पछिल्लो समय अनलाइन तथा विभिन्न एपबाट सामान किन्ने ग्राहकहरुले कतिपय अवस्थामा आफूले अर्डर गरे अनुसारको समान पाउन सकिरहेका छैनन् भने पाएको सामान पनि अनलाइनमा देखाइएअनुसारको नहुने समस्या छ । यो अवस्थालाई मध्यनजर गर्दै रिचार्जरले ग्राहकको सन्तुष्टिलाई ध्यानमा राखेर यस्तो योजना सुरु गरेको रिचार्जरका प्रबन्धक दामोदर श्रेष्ठको भनाई छ । यो योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ ।

रिचार्जरबाट सामान अर्डर गर्ने ग्राहकले सामान पाएपछि नगद तथा कार्ड स्वाप गरेर रकम भुक्तानी गर्न सक्छन् । रिचार्जरका प्रबन्धक श्रेष्ठका अनुसार सामान डेलिभरीका क्रममा कार्डबाट रकम भुक्तानी गर्ने सेवाका लागि पोर्टेबल पस मेसिनको प्रयोग हुनेछ । 

यसरी सामान हातमा परेपछि मन परेको खण्डमा मात्र नगद वा कार्डबाट रकम भुक्तानी गर्दा सेवाग्राहीलाई सहज हुने विश्वास रिचार्जरले लिएको छ । यसरी रकम भुक्तानी गर्दा कुनै अतिरिक्त शुल्क नलाग्ने रिचार्जरले प्रष्ट पारेको छ । 

साथै रिचार्जर एपको माध्यमबाट दशैंका बेला हवाई जहाजको टिकट काट्दा ५० प्रतिशत क्यास ब्याक पनि पाइनेछ । गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोलेर मोबाइल रिचार्ज गर्दा पनि जतिको रिचार्ज गर्यो त्यत्ति नै क्यास ब्याक पाइने छ । यसरी प्राप्तहुने क्यास व्याकलाई रिचार्जरबाट सामान खरिद गर्दा डिस्काउण्ट भौचरका रुपमा प्रयोग गर्न सकिन्छ । 

मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिङ गर्दा डेढ दर्जन बैंकको इबैंकिङका साथै इसेवा जस्ता पेमेण्ट गेटवे र मास्टर तथा भिसाका डेबिट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सकिन्छ । 

त्यस्तै होटल, रेष्टूरेण्ट, पानी, बिजुली, इन्टरनेट लगायत सेवाप्रदायकका बिलहरु पनि तिर्न सक्ने व्यवस्था समेत रिचार्जरमा गर्न लागिएको छ।