काठमाण्डौ । रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३१५७ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।

कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि घोषित बोनस सेयर सेयरधनीले पाउनेछन् ।

यसैगरी, स्वदेशी लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत नगद लाभांश  वितरणको प्रस्ताव गरेको छ ।

कम्पनीको बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

कुल २ करोड ३० लाखको नगद लाभांशका लागि आवश्यक कर १२ लाख १० हजार रुपैयाँ  समेत कम्पनीले नै उपलब्ध गराउने बताइएको छ ।

यो कम्पनीले हालै १०० प्रतिशत हकप्रदका लागि बुक क्लोज गरेको थियो । हकप्रद सेयर भर्नेले समेत घोषित नगद लाभांश पाउने बताइएको छ ।