काठमाण्डौ । रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निकट भविष्यमै सतप्रतिशत हकप्रद निश्कासन गर्ने भएको छ । 

नेपाल स्टक एक्सचेञ्जमा प्रकाशित एक सूचना अनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका ५० लाख १० हजार ५ सय ५१ कित्ता हकप्रद निश्कासन गर्ने भएको हो । 

धितोपत्र बोर्ड र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि हकप्रद सेयर निश्कासन हुनेछ । 

हाल यो कम्पनीको चुक्तापूँजी ५० करोड १० लाख रुपैयाँ रहेको छ । सतप्रतिशत हकप्रदको पूँजीकरणपछि चुक्तापूँजी बढेर १ अर्ब माथि पुग्नेछ ।

रिदी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ७२ लाख १८ हजार खूद नाफा आर्जन गरेको थियो ।