काठमाण्डौ । नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट १० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ ।

१२ औं राष्ट्रिय निर्माण दिवस २०७६ को अवसरमा राजधानीमा एक कार्यक्रम गरी महासंघले अवार्ड वितरण गरेको हो । नेपाली निर्माण उद्योगको विकासमा विभिन्न क्षेत्रबाट विशेष योगदान पु¥याउने व्यक्ति, संघसंस्था तथा फर्म–कम्पनीहरुलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको छ ।

ए क्लासतर्फ गोल्ड अवार्डको उपाधि कालिका कन्स्ट्रक्शनले जित्दा सिल्भर अवार्ड जय धनञ्जय निर्माण सेवाले जितेको छ । ब्रोन्ज अवार्ड तुँदी कन्स्ट्रक्शनले पाएको छ ।

बी क्लासतर्फको गोल्ड अवार्ड जय विष्णु निर्माण सेवा प्रालिले हात पारेको छ । बीक्लासतर्फ सिल्भर अवार्ड केएम इन्जिनियर्स एण्ड बिल्र्डस प्रालिले जित्यो ।

नयाँबाटो निर्माण प्रालिले सी क्लासतर्फको गोल्ड अवार्ड जित्न सफल भएको छ । सिल्भर रब्रोन्ज अवार्ड भने क्रमशः शाह निर्माण सेवा र पुष्प निर्माण सेवाले जितेका छन् । डी क्लासतर्फ प्रदेश ७ मा श्रीपुर बिल्र्डस् प्रालि उत्कृष्ट भएको छ । प्रदेश ३ मा आइएस निर्माण सेवा उत्कृष्ट हुँदा प्रदेश १ मा आशीर्वाद निर्माण सेवा उत्कृष्ट ठहरियो ।

भूगोलअन्र्तगत हिमालतर्फ गोरखा निर्माण व्यवसायी संघ, पहाडमा काभ्रे व्यवसायी संघ.र तराईतर्फ लुम्बिनी निर्माण सघले अवार्ड हात पारेका छन् । उदाहरणीय निर्माण कार्य गर्ने इलियट–एडभान्चर–लोहनी जेभीका मोतीलाल शर्मा र समानान्तर–डाँफे जेभीका अच्युतप्रसाद खरेलले पनि अवार्ड जितेका छन् । नेपाली निर्माण क्षेत्रमा विशिष्ट योगदान दिएबापत् एफक्यान ग्लोरी अवार्ड महासंघका पूर्वअध्यक्ष शहीद शरदकुमार गौचनलाई प्रदान गरियो ।

अग्रणी इन्जिनियरका रुपमा स्वर्गिय प्राध्यापक डाक्टर दिपक भट्टराई सम्मानित हुँदा उत्कृष्ट महिला निर्माण व्यवसायीको रुपमा कालिकोटकी ताराकुमारी शाह पुरस्कृत भएकी छिन् ।

नेपालमै अध्ययन गरी इन्जिनियरिङ संकायमा उत्कृष्ट अंक ल्याउन सफल निर्माण व्यवसायी धर्मराज सुवेदीका छोरा इन्जिनियर बिप्लब सुवेदीलाई पुरस्कृत गरियो ।

महासंघको आयोजना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्र्तगत निर्माण व्यवसाय प्रवद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिको सहकार्य र रिद्घी सिद्घी सिमेन्ट (शंकर गु्रप) को मुख्य प्रायोजनमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमको आयोजनामा जगदम्बा स्टील तथा केस कन्स्ट्रक्शनको पनि महत्वपूर्ण सहयोग रहेको थियो ।