काठमाण्डौ । माछापुच्छ«े बैंक लिमिटेडले चितवन, तनहुँ, लमजुङ, बागलुङ र काठमाडौंमा ५ शाखारहित बैंकिङ्ग सेवा एकैपटक संचालनमा ल्याएको छ । 

बैंकले चितवनको इच्छाकामना गाउँपालिका(मुग्लिङ्ग)स्थित फिस्लिङमा, तनहुँको म्याग्दी गाउँपालिका स्थित तार्पुमा, लमजुङको मध्यनेपाल नगरपालिका स्थित दुइपिप्लेमा, बागलुङको काठेखोला गाउँपालिका स्थित रेशामा र काठमाडौंको कीर्तिपुर नगरपालिका स्थित भत्केपाटी, पिपलबोटमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । 

बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना ग्राहक सेवा केन्द्रहरुमार्फत अत्याधुनिक बैकिङ्ग सेवा पुर्याइरहेको छ । 

यो सहित माछापुच्छ«े बैंक लिमिटेडको हालसम्म ६१ शाखारहित बैंकिङ्ग सेवा सुचारु भइसकेको छ । 

ग्राहक सेवा केन्द्रको रुपमा संचालित यस्ता शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । 

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।