काठमाण्डौ । साउन अन्तिम साताको अविरल बर्षाले नेपालको तराईका विभिन्न जिल्लामा पुर्याएको जनधनको क्षतिबाट प्रभावित परिवारको तत्काल राहात तथा पुनः स्थापना कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मलेसियास्थित रिया आइएमई (Ria/IME )ले प्रधानमन्त्री दैवीप्रकोप राहात कोषमा पाँच लाख रुपैयाँ सहयोग स्वरुप हस्तान्तरण गरेको छ । 

रिया आइएमईका प्रमुख कार्यकारी अधिकृत स्पेन क्रिस्टेनसेनले नेपाली दुतावास मलेसियाका राजदुत डा. निरन्जनमान सिंह बस्न्यातलाई सोमबार मलेसियास्थित नेपाली दुतावासमा भेटी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।