काठमाण्डौ । मलेसियास्थित रिया आइएमईले  दशैं र तिहारको अवसरमा ल्याएको ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस्’ सेवाग्राहीमुखी व्यापार प्रवद्र्धनात्मक कार्यक्रमअन्तर्गत पहिलो भाग्यशाली विजेता घोषणा गरेको छ । 

सफ्टवेयर सिस्टममा आधारित रहेर गरिएको छनौट कार्यक्रममा रिया आइएमईका सेवाग्राही राममणि भट्टराई भाग्यशाली बिजेता घोषित भएका छन् । 

सेवाग्राही भट्टराईले मलेसियाबाट रिया आइएमईमार्फत कूल नेपाली रुपैयाँ ३२ हजार ५३ पठाएका थिए । सो रकम नेपालको सिन्धुपाल्चोकस्थित आइएमईको व्यवसायिक साझेदार अभियान बचत तथा ऋण सहकारी संस्थाबाट भुक्तानी लिइएको छ । 

स्थापनाकालदेखि नै विभिन्न स्किम ल्याउँदै आएको रिया आइएमईले यसपटकको दशैं र तिहारलाई लक्षित गरी ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस््’ नामक सेवाग्राहीमूखि कार्यक्रम यही सेप्टेम्बर १ देखि अक्टुबर मसान्तसम्म(दुई महिना)  संचालनमा ल्याएको छ ।  योजना अवधिमा सफ्टवेयर सिस्टममा आधारित ‘लक्कीड्र’ मार्फत पाँचजना भाग्यशाली विजेता घोषणा गरिन्छ । भट्टराई पहिलो भाग्यशाली विजेता छनोट भएका हुन् । 

भाग्यशाली विजेताले घरयासी प्रयोजनका सामाग्रीहरु वासिङ्ग मसिन, रेफ्रिजेरेटर, एलइडी टेलिभिजन, माइक्रो वेभ वोभन र स्ट्याण्ड फ्यान प्राप्त गर्न सक्छन् । उपहार प्राप्त गर्नका लागि विजेताले मलेसियास्थित रिया आइएमईमा सम्पर्क गर्नुपर्नेछ ।