काठमाण्डौ । मलेसियास्थित रिया आइएमईले  दशैं र तिहारको अवसरमा ल्याएको ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस्’ नामक सेवाग्राहीमुखी व्यापार प्रवद्र्धनात्मक कार्यक्रमअन्तर्गत दोश्रो तथा अन्तिम भाग्यशाली विजेता घोषणा गरेको छ । 

सफ्टवेयरमा आधारित रहेर गरिएको छनोट कार्यक्रममा रिया आइएमईका चारजना भाग्यशाली सेवाग्राहीहरु राम थापा, महेन्द्र शाह, सञ्जितकुमार राय र राम एकबल महतो भाग्यशाली बिजेता घोषित भएका छन् ।

सेवाग्राहीहरुले मलेसियाबाट रिया आइएमईमार्फत अक्टोबर महिनामा नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए । 

स्थापनाकालदेखि नै विभिन्न स्किम ल्याउँदै आएको रिया आइएमईले यसपटकको दशैं र तिहारलाई लक्षित गरी ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस्’ नामक अफर यही सेप्टेम्बर १ देखि अक्टुबर मसान्तसम्म (दुई महिना)  संचालनमा ल्याएको थियो । 

योजना अवधिमा सफ्टवेयर सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत पाँचजना भाग्यशाली विजेता घोषणा गरिने भनिएको थियो । यसअघि राममणी भट्टराई पहिलो भाग्यशाली विजेता घोषित भएका थिए । 

भाग्यशाली विजेताहरुले घरयासी प्रयोजनका सामाग्रीहरु वासिङ्ग मसिन, रेफ्रिजेरेटर, एलइडी टेलिभिजन, माइक्रो वेभ ओभन र स्ट्याण्ड फ्यान प्राप्त गर्नेछन् । उपहार प्राप्त गर्नका लागि विजेताहरुले मलेसियास्थित रिया आइएमईमा सम्पर्क गर्नुपर्ने बताइएको छ ।