काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा २० करोड ९३ लाख बिमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको यस्तो आर्जन ६१ लाखमा सीमित थियो ।

कम्पनीको २ लाख ८७ हजारमा सीमित लगानी, कर्जा तथा अन्यबाट हुने आय बढेर १ करोड ८ लाखको उचाईमा पुगेको छ ।

यो अवधिमा कम्पनीले ४ लाख ६ हजारको मात्र दाबी भुक्तानी गरेको छ । 

नयाँ जीवन बिमा कम्पनीमध्येकै एक यो कम्पनीले ७ हजार ९ सय ३९ बिमालेख जारी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा २०१ बिमालेख मात्र जारी गरेको थियो । 

कम्पनीको खूद नाफा भने घटेको छ । अघिल्लो वर्ष यही अवधिमा ६ करोड ५४ लाख रहेको खूद नाफा घटेर यो वर्ष २ करोड ४१ लाखमा सीमित हुन पुगेको हो । 

अघिल्लो वर्ष १९ लाखमा सीमित व्यवस्थापन खर्च बढेर ५ करोड ५५ लाखको उचाईमा पुगेको छ भने जीवन बिमा कोषमा १५ करोड ५६ लाख रुपैयाँ जम्मा भएको छ । 

महाविपत्ति कोष जगेडामा १ करोड ११ लाख जम्मा भएको छ भने ६ करोड ५४ लाखमा सीमित रिजर्बको आकार बढी १० करोड माथि पुगेको छ ।