काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

संस्थाको आज बुधबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । संस्थाले चुक्तापुँजी ८३ करोड २४ लाख १६ हजार ६३ रुपैयाँको ६.५८ प्रतिशतले हुन आउने ५ करोड ४७ लाख ६४ हजार २१४.६७ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने संस्थाले जनाएको छ ।