काठमाण्डौ । आईपीओ निष्कासनको प्रस्ताव पारित गर्दै रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। 

कम्पनीको आइतबार सम्पन्न वार्षिक साधारणसभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गरेको हो। कम्पनीले जारी पूँजी २ अर्ब १० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६३ करोड रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन पेस गरिसकेको छ। 

सभाले कम्पनीको वार्षिक, आर्थिकलगायतका प्रतिवेदनहरु पारित गरेको छ। 

कम्पनीले जीवनबीमासम्बन्धी सेवाहरु हाल १०० वटा शाखा तथा उपशाखा कार्यालयहरुबाट सञ्चालन गर्दै आएको छ।