काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्सले निकट भविष्यमै ६३ लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ । 

यो कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ६३ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने भएको हो ।

कम्पनीले निश्कासन गर्न लागेको आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले आइपीओ ग्रेड ४ को रेटिङ प्रदान गरेको छ । यसको अर्थ कम्पनीको वित्तीय अवस्था औसतभन्दा तल आधारहरु जनाउने रहेको छ भन्ने हो । यस्ता कम्पनीको सेयरमा लगानी गर्दा धेरै जोखिम लिनुपर्ने हुन्छ ।

इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने गे्रड ५ ले

कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई  जनाउँदछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा रिलायन्स लाइफको चुक्तापूँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । 

कम्पनीको जीवन बिमा कोषमा ५६ करोड ५२ लाख रुपैयाँ रहेको छ।