काठमाण्डौ । एनआइसी एशिया बैंकले बिहीबार रुकुमको मुसीकोट नगरपालिका वडानम्बर ५ बागबजारमा नयाँ शाखा स्थापना गरी औपचारिक रुपमा संचालनमा ल्याएको छ । 

एक समारोहका बीच त्यहाँ स्थापित नयाँ शाखाको उद्घाटन रुकुम जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष टेकबहादुर पुनले गरे ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारिएको दोहोर्याएको छ ।