काठमाण्डौ । सिद्घार्थ बैंक लिमिटेडले शुक्रबारदेखि रुकुमको मुसिकोटमा शाखा औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ ।

बैंकको मुसिकोट शाखाको उद्घाटन मुसिकोट नगरपालिकाका मेयर देवीलाल गौतमबाट भयो । बैंकले यो शाखा गत वर्ष असार ३१ गतेदेखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १८० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टरसहित), १०१ शाखारहित बैंकिङ सेवा, २०३ एटीएम र १६ सयभन्दा बढी पीओएस मेसिनमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बैंकले निक्षेपकर्ता तथा ग्राहकलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप सुदृढ, आत्मीय र ग्राहकमुखी बनाउने उद्देश्य लिएको छ ।