काठमाण्डौ । कोरोनाभाइरसबाट रुसका शक्तिशाली व्यक्तित्वहरु धामधाम संक्रमित भइरहेको खबर सार्वजनिक भइरहेको छ।

कोरोनाबाट रुसका प्रधानमन्त्री संक्रमित भइसकेका बेला अब अर्का शक्तिशाली व्यक्ति राष्ट्रपति भलादिमिर पुुटिनका प्रवक्ता दमित्री पेस्कोवलाई पनि कोरोना संक्रमण देखिएको छ। रुसी समाचार एजेन्सीसँग कुुराकानी गर्दै दमित्रीले स्वयं आफैँ यसबारे जानकारी दिएका हुुन्। 

दमित्री रुसको सबैभन्दा शक्तिशाली अधिकारीमा गनिन्छन्। उनले एक महिनाअघि राष्ट्रपति भलादिमर पुुटिनसँग भेटघाट गरेका थिए। 

संक्रमणको डरले पुुटिन मस्कोबाहिर रहेको घरबाटै कामकाज गरिरहेका छन्। आफ्ना सहायकहरुलाई उनी भिडियो कन्फ्रेन्सिङमार्फत आदेश दिने गर्दछन्। 

यसअघि रुसका प्रधानमन्त्री मिखाइल मिशुुशटिनका अलावा अन्य तीन मन्त्रिहरुलाई पनि कोरोना संक्रमण देखिएको थियो। अप्रिलको अन्त्यतिर प्रधानमन्त्री मिखाइललाई कोरोना संक्रमण देखिएको थियो। 

त्यस्तै संस्कृतिमन्त्री आलेगा लियुुबिमोवा र निर्माणमन्त्री भ्लादिमिर याकुुशेव र उनका सहायकलाई पनि कोरोना संक्रमण देखिएको थियो। – एजेन्सी