काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसबाट भारतमा ज्यान गुमाउनेको संख्या चीन र रुसभन्दा बढी पुगेको छ।

कोरोना अतिप्रभावित देशहरुको सूचीमा नवौँ स्थानमा रहेको भारतमा शुक्रबार बिहानसम्म ज्यान गुमाउनेको संख्या ४ हजार ७१३ पुगेको छ। जब कि कोरोना इपिसेन्टर चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ६३४ रहेको छ। 

उता अतिप्रभावित देशहरुको सूचीमा तेस्रो स्थानमा रहेको रुसमा पनि भारतमा भन्दा कम मानिसको यो महामारीबाट ज्यान गएको छ। रुसमा हालसम्म ४ हजार १४२ को ज्यान गएको छ। 

संक्रमितको संख्याको हिसाबले भारत जर्मनी र फ्रान्सनजिक पुगेको छ। भारतमा संक्रमितको संख्या १ लाख ६५ हजार ८२९ पुगेको छ। जब कि संक्रमितको संख्या जर्मनीमा १ लाख ८२ हजार ४५२ र फ्रान्समा १ लाख ८६ हजार २३८ रहेको छ। 

अतिप्रभावित देशहरुको सूचीमा फ्रान्स सातौँ स्थानमा र जर्मनी नवौँ स्थानमा रहेका छन्। 

विश्वमा हालसम्म संक्रमितको संख्या ६० लाख नजिक पुगेको छ। ज्यान गुमाउनको संख्या ३ लाख ६२ हजार नाघेको छ। निको भएर घर फर्किनेको संख्या पनि २६ लाख नजिक पुगेको छ। – एजेन्सी