काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको मेरो माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले सतप्रतिशत हकप्रद निश्कासनको प्रस्ताव गरेको छ । 

यो कम्पनीको असोज ९ गते बसेको संचालक समितिको ७४ औं बोर्ड बैठकले कम्पनीलाई अझ मजबुत बनाउने उद्देश्यले २०७४/७५ का लागि प्रस्तावित १५ प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने चुक्तापूँजीको १ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासनको प्रस्ताव गरेको हो । 

यो कम्पनीले प्रस्ताव गरेको १५ प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी ३२ करोड ८९ लाखको उचाईमा पुग्नेछ । 

यही चुक्तापूँजीको सतप्रतिशत(१ बराबर १ को अनुपात)ले हकप्रद सेयर जारी गर्ने भएको हो । 

हकप्रदको प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित गर्ने संचालक समितिले निर्णय गरेको छ । 

सतप्रतिशत हकप्रदपछि कम्पनीको चुक्तापूँजी बढेर ६६ करोडको हाराहारीमा पुग्नेछ ।