काठमाण्डौ । समता माइक्रोफाइनान्स बित्तीय संस्थाले हकप्रद सेयर प्रयोजनका लागि बुक क्लोजको मिति तोकेको छ ।

कम्पनीले ५० प्रतिशत हकप्रद प्रयोजनका लागि आगामी असार १२ गतेलाई बुक क्लोजको मिति तोकेको हो । यसको अर्थ कम्पनीले निश्कासन गर्न लागेको ५० प्रतिशत हकप्रद खरीद गर्न चाहनेले असार ११ गतेसम्म कम्पनीको सेयर खरीद गरिसक्नुपर्नेछ । 

कम्पनीको हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमीटेड रहेको छ ।

हकप्रदको पूँजीकरणपछि कम्पनीको चुक्तापूँजी बढेर ४ करोड ७४ लाखको उचाईमा पुग्नेछ ।

समता माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ५६ लाख ७२ हजार खूद नाफा आर्जन गरेको थियो । यो कम्पनीको बुधबारको दोश्रो बजारको अन्तिम बिक्री मूल्य प्रतिकित्ता २२१६ रुपैयाँ रहेको छ ।