काठमाण्डौ । नागबेली लघुवित्त बित्तीय संस्थाले १ बराबर १ अनुपातमा जारी गर्न लागेको बुक क्लोजको मिति तोकेको छ । 

कम्पनीले आगामी असार २१ गते एकदिन बुक क्लोज गर्ने नेप्सेले प्रकाशित गरेको सूचनामा उल्लेख छ । यसको अर्थ यो कम्पनीको सतप्रतिशत हकप्रद खरीद गर्न इच्छुक लगानीकर्ताले असार २० गतेभित्रमा कम्पनीको सेयर खरीद गरिसक्नुपर्नेछ । 

नागबेलीको २०७४ मंसिर २५ गते सम्पन्न ८औं वार्षिक साधारणसभाले हाल कायम चुक्तापूँजीको ७ करोड ६६ लाखको सतप्रतिशत(१ बराबर १) हकप्रद सेयर निश्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । सोही अनुसार धितोपत्र बोर्डले ०७५ जेठ ९ गते यो कम्पनीलाई हकप्रद सेयर निश्कासनको स्वीकृति दिएको थियो । 

हकप्रद निश्कासनको अन्तिम तयारीमा रहेको कम्पनीले सोही प्रयोजनका लागि बुक क्लोजको मिति सार्वजनिक गरेको हो । यो निर्णय असार ११ गते बसेको संचालक समितिको बैठकले गरेको समेत सूचनामा उल्लेख छ ।

दोश्रो बजारमा यो कम्पनीको अन्तिम बिक्री मूल्य प्रतिकित्ता रु.२५७५ रहेको छ ।