-चन्द्रकान्त खनाल
रुपन्देही । मेगावाट क्षमताको सेती खोला जलविद्युत आयोजनाको निर्माण प्रक्रिया अगाडि बढेको बताएका छन् । 

करिब ५ अर्बको लागतमा एकहजार बढी लगानीकर्ताको सामूहिक लगानीमा सो आयोजना कास्कीको माछापुच्छे गाउँपालिका २ को भराभुरी भन्ने स्थानमा बन्न लागेको भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी गराए ।

रुपन्देहीबासीकै ड्रिम प्रोजेक्ट मानिएको आयोजनालाई आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनामा धेरैभन्दा धेरैको सहभागिता गराउने लक्ष्य राखिएको पोखरेलले जानकारी गराए ।

पोखरेलले भने—‘जलश्रोतको अपार भण्डार प्राकृतिक सम्पदाको मुहान सहित पर्यटकिय सौन्र्दयताले भरपूर नेपाल गरिब छैन, हामी धनी बनाएर सबैलाई आर्थिक समृद्धिसँग जोड्न चाहन्छौं ।’ नमूना आयोजनाका रुपमा अघि बढाउँदै निश्चित समयभित्रै सम्पन्न गर्ने कार्ययोजना र अनावश्यक हुने खर्चको कटौती र नियन्त्रण गर्दै कमिशनलाई निरुत्साहित गर्ने पोखरेलले प्रतिबद्धता जनाए ।

भिजन लुम्बिनी अन्तर्गतको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले बुटवलमा पत्रकार सम्मेलन गर्दै आयोजनालाई रुपन्देहीकै गौरवको रुपमा विकास गरिने जनाएको छ । आयोजनाको तत्कालै निर्माण आरम्भ गरिने छ ।

आयोजनाको मंसिर ६ गते नेपाल विद्युत प्राधिकरण र भिजन लुम्बिनी ऊर्जा कम्पनीबीच विद्युत खरीद सम्झौता गरेको बताए । सम्झौता अनुसार आयोजनाबट उत्पादित विद्युत् बर्षायामको ६ महिना प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदको ६ महिनामा प्रतियुनिट आठ रुपैयाँ ४० पैसामा प्राधिकरणले खरिद गर्नेछ ।

प्राधिकरणका योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र कम्पनीका अध्यक्ष जगत पोखरेलले पिपिएमा हस्ताक्षरसहित सम्झौता गरेको आयोजनाका इञ्जिनियर लेखनाथ पाण्डेले बताए । आयोजनाको ३० प्रतिशत स्वपूँजी रहने र ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाका तर्फबाट ऋण लिइनेछ । स्वपूँजीमा बुटवल र कास्कीका लगानीकर्तालाई समेत सहभागी गराइने उर्जा कम्पनीले जनाएको छ ।

आयोजनामा स्थानीयबासीलाई समेत शेयर दिइने प्रवद्र्धक कम्पनीका प्राबिधिक इञ्चार्ज रतनलाल अग्रवालले बताए । बुटवलमा २०७५ सालमा स्थापित भिजन लुम्बिनीले शिक्षा,स्वास्थ्य, ब्यापार ब्यबसाय, अर्थ, कृषि, संचार, पर्यटन तथा उर्जामा फरक–फरक आयोजना सञ्चालन गर्ने दीगो लक्ष्य रहेको जनाएको छ ।