काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता रु. ६०० भन्दा बढीमा कारोबार भइरहेको मेरो माइक्रोफाइनान्स बित्तीय संस्थाको सेयर सस्तोमै पाउने अवसर खुल्ने भएको छ। 

यो कम्पनीले चुक्तापूँजीको सतप्रतिशतको अनुपातमा हकप्रद सेयर निश्कासन गरेको थियो । हकप्रद सेयर खरीदका लागि परेका सदर आवेदकहरुले ३० लाख ७९ हजार ३५१ कित्ता मात्र खरीद गरेका छन् । 

सदर आवेदकहरुलाई केही दिनअघि सेयर बाँडफाँड गरिएको छ। 

यो कम्पनीको हकप्रदमा आवेदन नदिएका वा बद्धर भएका आवेदनबाट अब २ लाख ९ हजार ६४९ कित्ता सेयर बिक्रीका लागि लिलामी खुल्ने भएको हो । 

यसको अर्थ निकट भविष्यमै दोश्रो बजारमा ६०० रुपैयाँ भन्दा बढी प्रतिकित्तामा कारोबार भइरहेको यो कम्पनीको सेयर सस्तोमै उठाउने अवसर प्राप्त हुनेछ । 

कम्पनीले एक सूचना प्रकाशित गरी नबिकेको २ लाख ९ हजार ३४९ कित्ताका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गर्नेछ । 

लिलामीको प्रक्रियामा बुद्धि पुर्याएर बोल लगाउन सके सस्तोमै सेयर पाउने अवसर प्राप्त हुनसक्छ ।