काठमाण्डौ । नेपाली बजारमा बेला बेला नक्कली नोटहरु फेला पर्ने गर्छन । सक्कली नोटको सुरक्षण विशेषताको विषयमा थाहा पाउने वा ध्यान दिनेहरुले त नक्कली नोट चिन्लान्, तर अधिकांश सर्वसाधारणले नक्कली र सक्कली नोटबीचको भिन्नता छुट्याउन पाउँदैनन् । जसकारण कारण अर्थतन्त्रलाई नै कमजोर बनाउने गरी समाजमा नक्कली नोटको धन्दा चल्ने गर्छ । 

उसो भए नक्कली नोटको धन्दार्ला निमिट्यान्न पार्न के गर्ने त ? उत्तर सहज छ-सबैले सक्कली र नक्कली नोटबीच अन्तर छुट्याउने क्षमताको विकास गर्ने । अर्को प्रश्न उठ्न सक्छ-नक्कली र सक्कली नोट कसरी छुट्याउने ? राष्ट्रबैंकले यही विषलाई मध्यनजर गरी रु. १०००, ५०० र १०० का नोटमा रहेका सुरक्षण विशेषताको विषयमा प्रष्ट्याउने कोशिश गरेको छ । हेरौं कुन नोटको सुरक्षण विशेषता के के हुन् ?

रु. १००० को नोटको सुरक्षण विशेषता
(१) पानीछाप ( Watermark) 

  • नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईट (टर्चलाइट/मोबाइलको लाइट) को माध्यमबाट नोटको उक्त स्थानमा प्रकाश प्रसारण हुँदा लालीगुँरासको आकृति स्पष्ट देखिन्छ ।  
  • उक्त लालीगुँरासको आकृतिको पानीछाप नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटकोअग्रभाग (नोटको नम्बर, सगरमाथाको चित्र र गभर्नरको दस्तखत भएको भाग) र पृष्ठभाग (एक वटा हात्ती) भएको भाग दुवै तर्फबाट हेर्दा उत्तिकै स्पष्ट देखिन्छ ।

(२) See Through Register

  • Nepal Rastra Bank  को संक्षिप्त रुप NRB को केही अंश नोटको अग्रभागमा र उक्त NRB को बाँकी अंश नोटको पृष्ठ भागमा एकै पटक प्रिन्ट गरिएको छ ।  
  • नोटको उक्त NRB प्रिन्ट गरिएको स्थानमा सामान्य अवस्थामा हेर्दा पूरा नदेखिने तरड्ड नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट उक्त स्थानमा प्रकाश प्रसारण हुँदा पूरा तथा स्पष्ट NRB देखिन्छ । उक्त NRB अक्षर नोटको अग्रभाग र पृष्ठभाग दुवै तर्फबाट देखिन्छ ।

(३) सुरक्षण धागो (Security Thread) 

  • सुरक्षण धागोमा NRB  र उक्त  NRB को ऐनामा देखिने उल्टो प्रतिविम्बी रुप क्रमैसँग लहर मिलाएर लेखिएको छ ।  
  • नोटलाई सामान्य रुपमा हेर्दा नोटको अग्रभागमा उक्त सुरक्षण धागोका केही अंशहरु मात्र देखिन्छ ।
  • नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट नोटमा प्रकाश प्रसारण हुँदा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो रहेको देखिन्छ ।  
  • उक्त सुरक्षण धागो नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटको अग्रभाग र पृष्ठभाग दुवै तर्फबाट नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा नोटको पूरै चौडाई भागमा सुरक्षण धागो देखिन्छ । साथै, नोटको अग्र भागमा लेखिएका वाक्यांशहरु उक्त सुरक्षण धागो रहेको स्थानमा समेत स्पष्ट प्रिन्ट भएको देखिन्छ ।

(४)  Intaglio Print

  • नोटको अग्र भागमा प्रिन्ट गरिएको “श्री नेपाल राष्ट्र बैंक नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १००० रुपैयाँ एक हजार तुरुन्त पाइनेछ ।”, भगवतीको आकृति, फरक क्षमता भएका दृष्टिविहिनहरुका लागि राखिएका तीन वटा गोलाकार थोप्लाहरु आदि विशेषताहरु नोटलाई छामेर पत्ता लगाउन सकिने गरी राखिएका  Intaglio Print विशेषताहरु हुन्।  
  • उक्त प्रिन्ट भएको स्थानमा नोटलाई छाम्दा नोटको अन्य स्थानमा भएकोड्ड प्रिन्टभन्दा केही माथि उठेको अनुभव हुन्छ ।

रु. ५०० को नोटको सुरक्षण विशेषता

रु. १०० को नोटको सुरक्षण विशेषता