काठमाण्डौ । अधिकांश मानिस सेयर बजारबाट कमाएको, करोडपति बनेको समाचार वा कथा सुन्छन्, पढ्छन्, तर आफैं जब बजारमा प्रवेश गर्छन्, पढेजस्तो वा सुनेजस्तो सफल भने बन्दैनन् । कतिपय अवस्थामा त त्यस्ता लगानीकर्ताले बजारबाट कमाउनु त परैको कुरा, भएको रकम समेत गुमाउँछन् । 

सीमित व्यक्ति(लगानीकर्ता) मात्र यस्ता हुन्छन्, जसले सेयर बजारमा गरेको थोरै लगानीबाट करोडौं कमाउन सक्छन् । लगानी भन्दा कैयौं गुणा बढी रिटर्न पाउन सफल हुन्छन् । 

विश्वकै सबैभन्दा ठूला लगानीकर्ताको रुपमा चिनिने वारेन बफेटले आश्चर्यजनक रुपमा यस्तो उपलब्धि हासिल गरेरै देखाएका छन् । उनको कम्पनी वर्कसाय हाथ्वेमा कतिपय यस्ता लगानीकर्ता समेत छन्, जसले लगानीको तुलनामा कैयौं गुणा बढी रिटर्न पाएका छन् । 

याहू डटकमसँगको कुराकानीमा बफेटले यस्तै एक लङटर्म लगानीको विषयमा बताएका छन् । 

दोश्रो विश्वयुद्धको समयमा जब फ्रेंकलिन रोजवेल्ट अमेरिकाको राष्ट्रपति थिए र सो बेला वारेन बफेट युवा अवस्थामा थिए । वारेन बफेटलाई आफ्ना उमेरका अन्यको जस्तो खेलमा कुनै चासो थिएन, मोजमस्तीमा समेत उनको खासै ध्यान दिंदैन थिए । बरु उनी सानैदेखि सेयर बजारको विषयमा औधी चासो राख्थे ।

अमेरिका जुन समयमा अप्ठ्यारो अवस्थामा थियो, वारेन बफेट सो बेलासम्म लगानीका लागि तयार भइसकेका थिए ।

वारेन बफेटले अन्तर्वार्ताको क्रममा भनेका छन् ःआउनुहोस्, म तपाईसामु एउटा आँकडा राख्छु, जसले तपाईको दिमागलाई नै हल्लाइदिन्छ । मैले आफ्नो जीवनकै पहिलो सेयर ११ वर्षको उमेरमा किनेको थिएँ । यो भनेको १९४२ को पहिलो त्रैमास थियो, जसको लगत्तै पर्ल हार्बर घटना भएको थियो । मैले त्यो बेला प्रतिकित्ता सेयरमा ११४.७५ डलर लगाएको थिएँ । यो भनेको आजको समयमा १२ हजार रुपैयाँ भन्दा केही बढी मात्र हो । यदि त्यो रकमलाई मैले ‘एसएण्ड पी ५००’ को कुनै कम्पनीमा लगाएको थिएँ भने त्यो सेयरमा प्राप्त लाभांश फेरि त्यही कम्पनीको सेयरमा लगानी गर्दै आएको थिएँ भने तपाई अनुमान लगाउनुहोस्, आज कति रकम हुन्थ्यो होला ।

उनले यसो भनेर सफल लगानीकर्ताका लागि कुनै पनि सेयरमा लगानी गरेपछि कतिसम्म धैर्यवान बन्नुपर्छ भन्ने कुरा व्यक्त गरिरहेका थिए । उनको यो कुरा लङटर्म लगानीकर्ताका लागि लगानीमन्त्र बन्नसक्छ ।

त्यो रकम आजको दिनमा १० हजार डलर हुन्थ्यो कि ७५ हजार डलर हुन्थ्यो होला । आउनुहोस् तपाईलाई म नै सहयोग गरिदिन्छु । यो आँकडा त निकै कम हो । ११४.७५ डलरको सो कम्पनीमा लगानी निरन्तर राख्न सकिएको थियो भने आजको दिनमा ४ लाख डलरको सम्पत्ति भइसकेको हुने थियो भन्ने यसको उत्तर हो । यसको अर्थ यदि मैले सानै उमेरमा ‘एस एण्ड पी ५००’ का कुनै कम्पनीमा ११४.७५ डलर लगानी गरेको थिएँ भने आज त्यो लगानी बढेर ४ लाख डलरको उचाईमा पुगिसकेको हुन्थ्यो । यसबाट अमेरिकी अर्थतन्त्रले कुनै पनि इक्वीटी इन्भेष्टरलाई दिएको रिटर्नको विषय समेत बुझ्न सकिन्छ ।

बफेटले अहिले पनि अमेरिकी लगानीकर्तालाई लामो समयका लागि लगानी गर्ने हो भने ‘एस एण्ड पी ५००’ मै लगानी गर्न सुझाइरहेका छन्। यो प्रडक्टबाट साच्चिकै राम्रो रिटर्न लगानीकर्ताले पाउने गरेका छन् । 

बफेटको भनाईमा सधैंभरि एउटै अप्सनमा मात्रै लगानी गरिरहने काम सजिलो भने छैन । 

उनले विश्वलाई सम्झाउँदै भनेका छन्–‘त्यो बेलादेखि अहिलेसम्म सेयर बजार कैयौ पटक तल गएको छ । मानिसहरुमा गिरावटको समय बेचैनी हुन्छ । यस्तो बेलामा धेरै नकारात्मक खबरहरुको समेत मज्जैले व्यापार हुन्छ । तब तपाई पनि धेरै ठूलो लडाई हारिरहेको अनुभूत गर्न सक्नुहुन्छ । तर, अमेरिका एक शक्तिशाली अर्थतन्त्र हो । सन् १७७६ पछि लगातार अमेरिकाले आफूलाई साबित पनि गर्दै आएकै छ ।’

वारेन बफेटले भनेका छन्–‘तपाई एक वर्षका लागि मात्रै सेयर खरीद गर्न चाहनुहुन्न । दुई वा तीन वर्षका लागि समेत चाहनुहुन्न । यस्ता लगानीमा पैसा गुमाउने संभावना अधिक हुन्छ । तर, यदि तपाई  १० डलर, २० डलर जस्ता साना साना रकम लगाउँदै एसएण्डपी ५०० इण्डेक्स खरीद गर्नुहुन्छ र सबै फजुल कुराहरुलाई नजरअन्दाज गर्नुहुन्छ, तब ७६ सालको उमेरमा ४ लाख डलर जत्तिकै रिटर्न आरामले पाउनुहुन्छ ।’